आइतवार, कार्तिक २३ २०७७
उनले आफ्नो यस सिद्धान्तमा प्रकाशको विद्युतीय असरको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, सोडियम, लिथियम जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र त्यो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ । यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।
सापेक्षतावादको सिद्धान्त: (Theory of Relativity)
सम्पादन सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टतइनका सापेक्षतावादको सिद्धान्तकै एक मूलभूत महत्त्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो ।
आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शकित्, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेषतावादका सिद्धानतले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुार बुझाउँछ । कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles) सम्पादन यस सिद्धान्त अनुसार परमाणु (Atom) र अपपारमाणिक कणहरू (Sub-atomic Particles) जहिले पनि जथाभावी वा दिशाविहीन (Random) तर नागवेली वा बक्र गति (Zig-zag Motion) मा घुमिरहेका हुन्छन् । यसरी घुम्दा एक वस्तुको अर्को वसतुसँग स्थिति स्थापक ढक्का (Elastic Collision) हुन्छ भन्ने हो ।
एकिकृत भौतिक सिद्धान्त (Unified Field Theory) सम्पादन सन् १९२० को अन्त्यतिर विद्युत–चुम्बकीय (Electromagnetism) र गुरुत्वाकर्षण (Gravitation) को प्रकृतिको संयोजन गरी (Unified Field Theory नामक उत्कृष्ट सिद्धान्तको परिकल्पना गरेका थिए । यो सिद्धान्त उनले ब्रम्हाण्ड परिचालन सम्बन्धी नियमहरूलाई उद्धृत गर्ने उद्देश्यले प्रतिपादन गरेका हुन् । जसमा गुरुत्वाकर्षण र विद्युतीय चुम्कतत्व तथ्यको संयोजन गरिएको छ । उनको यो सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा अत्यन्तै चूनौतीपूर्ण र गहन ठानिन्छ । आज विश्वका थुपै वैज्ञानिकहर आइन्स्टाइनको यो सपनालाई पूरा गर्न लागि परेका छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल