Oct 29 2026 | २०८३, कार्तिक १३गते

नर्भिकले प्रत्येक शनिबार निःशुल्क सेवा दिने

नर्भिकले प्रत्येक शनिबार निःशुल्क सेवा दिने

  • 1.6K
    SHARES

  • नर्भिकले प्रत्येक शनिबार निःशुल्क सेवा दिने

    नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।                                                                                                             

     नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै यो अभियानको थालनी हुने प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन्।                                                                                                           

     

    निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ। प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन्। निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ।                                                                                                           

     

     नर्भिक अस्पतालले आगामी शनिबरका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा कामाक्षा शाह र डा मधु मास्केको निःशुल्क ओपिडी सेवा संचालनको घोषणा गरेको छ। यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपिडी सेवा लिनसक्नेछन्। नर्भिक अस्पतालका सीइओ मिश्रले प्रत्येक शनिबार अलग अलग विशेषज्ञहरुलाई निशुल्कओपिडी सेवामा प्रस्तुत गरिने बताए।

    images
    मंगलवार, श्रावण १२ २०७८०१:११:३९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल