शनिवार, श्रावण ९ २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो । दुई दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप कार्डमा उल्लेखित विवरण अङ्ग्रेजीमा नभर्ने हुँदा र आधिकारिक छाप नहुँदा खोप कार्ड प्रमाणीकरण गर्न लाइन बस्नेको सङ्ख्या बढ्दै गएको हो ।
त्यसैले विदेश जानेहरू अहिले खोप कार्ड प्रमाणीकरणका लागि अस्पतालमा पुगेको सङ्ख्या बढेको हो । खोप नलगाई विदेश गएमा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने भएकाले खोप लगाएर जान चाहने धेरै छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल