Oct 29 2026 | २०८३, कार्तिक १३गते

कम उमेरमै किन कपाल फुल्छ ?

कम उमेरमै किन कपाल फुल्छ ?

  • 1.9K
    SHARES

  • कम उमेरमै  किन कपाल  फुल्छ ?

    कपाल सेतो हुनु (फुल्नु) लाई बुढ्यौलीको उपमा दिइन्छ । तर बुढ्यौलीका कारणले मात्रै कपाल फुल्छ भन्ने कुरा गलत हो ।                                                                     

     

    आजकाल कम उमेरमानै धेरैको कपाल फूलेको देखिन्छ । कपाल फुल्नु नेपालीको साझा समस्या बनेको छ । उमेर पुगेपछि कपाल फुल्नु सामान्य भएपनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ । सेतो कपालबारे सेतो छाला सेतो दुवी बारे विभिन्न किसिमका अन्धविश्वासहरु समाजमा छ्यापछ्याप्ती पाइन्छन् ।                                                                       

     

    कपाल फुल्नु दुवी आउनु सामान्य समस्या भएपनि समाजको सोचाइका कारण यसलाई जटिल समस्या मान्ने गरिन्छ । एशियाका देशहरुमा कपालको रंग मुख्य दुई थरीका पाइने गरेको छ । एउटा कालो र अर्को सेताे कपाल । नेपालमा कालो कपालले जवानीलाई संकेत गरेको छ भने सेतो कपालले बुढेसकाल भन्ने बुझाउछ । तर आजकाल त कतिपयले बजारमा पाउँने विभिन्न प्रकारका मेहेन्तीको प्रयोग गरेर कपाल रंग्याउने गर्छन् ।                                                                       

     

     कसैले सेतो, कसैले रातो त कसैले निलो लगायतका विभिन्न रंग लगाउने गरेको पाइन्छ । जेसुकै भएपनि कम उमेरमा कपाल फुल्नुको पछाडि विभिन्न कारणहरु रहेको चिकित्सकहरु बताउँछन् । सामान्यतया ३० वर्षपछि कपाल सेतो देखिन थाल्यो भने यो समान्य मान्नुपर्छ तर ३० वर्ष पहिले नै सेतो कपाल देखियो भने त्यसलाई अस्वभाविक अवस्था मान्नुपर्छ । यसलाई ‘प्रि मेच्युअर ग्रे अफ हेयर’ भनिन्छ । सेतो कपाल हुनुको पछाडि धेरै कारणहरु हुन्छन् ।                                       

     

      मुख्यतया सानै उमेरमा कपाल फुल्यो भने त्यसको पछाडि वंशानुगत कारण पनि हुन सक्छ । यसवाहेक पनि अरु धेरै कारणहरु छन् । पोषणको कमीले पनि कपाल फुल्ने समस्या हुन्छ । त्यसैगरी, भिटामिनहरु जस्तोः भिटामिन डी, भिटामिन बी १२, जिकं, आइरन, क्याल्सियम आदिको कमी हुँदा कपाल फुल्न सक्छ ।                                                                                                     

     

    यसबाहेकका अन्य कारण पनि छन् जसले कम उमेरमानै कपाल फुल्ने समस्या हुन्छ ।                                                         

    १.दीर्घरोग र औषधीको सेवन               

     २.रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तन हुनु                                           

    ३. एजिङ अर्थात बढ्दो उमेर                   

      ४. पेटको गडबडी                           

      ५.मदिरा, धुमपान, जंक फूड आदिको सेवन

    ६.जथाभावी रासायनिक पदार्थको प्रयोग

    ७.प्रदूषण                                               

      ८. मानसिक तनाव अर्थात डिप्रेसन

    images
    मंगलवार, श्रावण ५ २०७८१०:१२:५५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल