सोमवार, श्रावण ४ २०७८
नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।
आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने टिजिग फर्मा प्राइभेट लिमिटेड नेपालकै पहिलो भएको बताए । उनले एक महिनाभित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने समेत जानकारी दिए ।
उनले अत्याधुनिक प्रविधिमा बनाइएको फेक्ट्री डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना फेक्ट्री भएको समेत दावी गरे । टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ भने त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । एन्टीक्यान्सर औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने उनको दावी थियो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल