Oct 29 2026 | २०८३, कार्तिक १३गते

आकस्मिक गर्भनिरोधक चक्की कति हानिकारक ?

आकस्मिक गर्भनिरोधक चक्की कति हानिकारक ?

  • 1.9K
    SHARES

  • आकस्मिक गर्भनिरोधक चक्की कति हानिकारक ?

    गर्भनिरोधक चक्कीको प्रयोगबारे महिलामा अनेकन भ्रम हुन्छ । जस्तो कि, यो चक्की कहिले प्रयोग गर्ने, कहिले नगर्ने । त्यसमाथि अहिले बजारमा थरीथरीका गर्भनिरोधक औषधी आएको छ ।                                                                                                                                                   

     

      यी औषधीहरुको प्रयोग अलग-अलग स्थितीमा हुन्छ । त्यसैले गर्भनिरोधक चक्कीको सेवन गर्नुअघि चिकित्सकको परामर्श आवश्यक हुन्छ । यद्यपी गर्भनिरोधक चक्की लिने महिलालाई एउटा प्रश्नले भने निकै सताउँछ, ‘यस्तो चक्कीको सेवनले गर्भवतीमा खतरा वा प्रजनन क्षमतामा असर पर्छ ?’ प्रजनन क्षमतामा असर पर्छ ?                                                                                                                           

     

      गर्भनिरोधक औषधीले दिर्घकालिन रुपमा प्रजनन क्षमतामा असर पर्दैैन । यद्यपी यसको अनुचित र लगातार प्रयोगले हर्मोनल असन्तुलन हुनसक्छ । गर्भनिरोधक गोली लिइसकेपछि यसमध्ये कुनै समस्या भयो भने, तुरुन्तै स्त्री रोग विशेषज्ञकहाँ जानुपर्छ । चिलाउने, सास लिन गाह्रो हुने भयो भने चिकित्सकलाई भेट्नैपर्छ । धेरैजसो महिलामा अनुमानित समयभन्दा सात दिन भित्र मासिक श्राव भइसक्छ । यदि मासिक श्राव भएन भने चिकित्सकलाई भेट्नु्पर्छ । त्यस्तै पेटको तल्लो भागमा दुखाई भयो, चक्कर लाग्यो, योनीबाट रगत बग्यो भने उपचार खोज्नुपर्छ । पहिलादेखि नै कुनै एन्टिबायोटिक वा एन्टिएपलेप्टिक औषधी लिइरहनुभएको छ भने पहिला चिकित्सकसँग सल्लाह लिनुपर्छ ।                                                                                                     

    कसरी काम गर्छ यो गोलीले ?

    गर्भनिरोधक गोलीले स्पर्मलाई एग्ससँग मिल्नबाट रोकेर अनिच्छिद गर्भ रोक्छ । यद्यपी गर्भाधरण प्रक्रिया पहिला नै सुरु भइरहेको छ भने यो गोलीले प्रभावकारी काम गर्दैन ।                                                 

    के छ हानी ?

    गर्भनिरोधक गोलीले वान्ता, पेट दुख्ने, थकान, टाउको दुख्ने, मासिक धर्म परिवर्तन, पखला, चक्कर आउने, स्तन कोमलता, एलर्जी आदि समस्या हुनसक्छ । यदि यो चक्की सेवन गरेको दुई वा तीन घण्टाभित्र वान्ता भयो भने, दोस्रो पटक औषधी सेवन गर्नुपर्छ ।                                   

    के भविष्यमा गर्भधारण गर्न समस्या हुन्छ ?

    अहिलेसम्म देखिएको छैन कि, गर्भनिरोधक गोलीले भविष्यमा प्रजनन क्षमतामा असर पर्छ ?                                                 

    यद्यपी यसले शरीरमा सामान्य रुपमा चलिरहेको हर्मोनल प्रणालीमा वाधा गर्छ । त्यसैले अति आवश्यक अवस्थामा मात्र यो चक्की प्रयोग गर्नुपर्छ । सोझो हिसाबले यो चक्कीले प्रजनन क्षमतामा खासै असर गर्दैन ।

    images
    आइतवार, श्रावण ३ २०७८१०:२९:१२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल