Oct 29 2026 | २०८३, कार्तिक १३गते

तपाइको ब्लड ग्रुप कुन हो ? कुन समुहलाई हार्ट अट्याकको खतरा बढी ?

तपाइको ब्लड ग्रुप कुन हो ? कुन समुहलाई हार्ट अट्याकको खतरा बढी ?

  • 2.3K
    SHARES

  • तपाइको ब्लड ग्रुप कुन हो ? कुन समुहलाई हार्ट अट्याकको खतरा बढी ?

    बदलिँदो जीवनशैली तथा खानपानका कारण मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको छ । पछिल्लो समय विश्वमा मुटुसम्बन्धी विभिन्न समस्याहरु बढीरहेको अध्ययनहरुले देखाएको छ । मुटुसम्बन्धी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ्य खानपान, व्यायामको कमी, तनाव लगायतलाई मानिएको छ । तर एक अनुसन्धानका अनुसार हार्ट अट्याकको एक कारण हाम्रो शरीरमा रहेको रगतको समूह –ब्लड ग्रुप) पनि हुन्छ ।                                                                                                                                     

    ब्लड ग्रुपबाट हार्टअट्याकको खतरा पत्ता लाग्न सक्छ । साथै यो सम्भावनाको पनि पत्ता लाग्छ कि कुन ब्लड ग्रुपका मानिसमा हार्ट अट्याकको धेरै खतरा छ ? अनुसन्धान सबै ब्लड ग्रुपलाई ध्यानमा राखेर गरिएको थियो र केही हार्टअट्याकका बिरामीलाई पनि अनुसन्धानमा सहभागी गरिएको थियो ।                                                 

    अनुसन्धानका क्रममा सबै भन्दा धेरै अट्याक ति मानिसमा पाइयो जसको ब्लड ग्रुप ए,बी या फेरि एबी थियो । जुन ब्लड ग्रुपलाई सबैभन्दा राम्रो मानिन्छ , यो ब्लड ग्रुपको मानिसमा मुटुसँग जोडिएका बिरामी हुने खतरा सबैभन्दा बढी हुने अध्ययनले देखाएको हो ।                                                                                                                           

    अमेरिकन हार्ट एसोसिएसन जर्नल आर्टरियोसक्लोरोसिस मा प्रकाशित एक अनुसन्धानका अनुसार ओ ब्लड ग्रुप भएका मानिसको तुलनामा ए, बी तथा एबी ब्लड ग्रुप भएका मानिसमा हार्ट अट्याकको आशंका ९ प्रतिशत धेरै हुने अध्ययनले देखाएको छ । ए ब्लड ग्रुपलाई धेरै कोलस्ट्रोलको लागि जानिन्छ । जो हार्टअट्याकको प्रमुख कारण हो ।

    images
    आइतवार, श्रावण ३ २०७८१०:०३:४४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल