बिहिवार, आषाढ ३१ २०७८
लामो समयदेखि आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संघर्ष समितिले विवाद समाधान गर्न प्रधानमन्त्रीले ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटि गठन गर्न माग गरेको छ ।
संघर्ष समितिले आफ्ना माग पूरा नगरे शुक्रबारदेखि हरेक दिन बिहान ८-१० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार, पूर्वनिर्धारित परीक्षा रोक्ने चेतावनी संघर्ष समेत दिएको छ।
संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच बुँदे ध्यानाकर्षण पत्र लेख्दै यस्तो चेतावनी दिएको हो । सो पत्रमा बिपी प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउनुपर्ने माग राख्दै संघर्ष समितिले देउवालाई ध्यानाकर्षण गराएको हो । दोषीलाई तत्काल कारबाही गर्नुपर्ने, छानविन आयोगमा संघर्ष समितिका प्रतिनिधि, स्वास्थ्य, अर्थ, शिक्षा मन्त्रालयलगायत प्रतिष्ठानका पूर्वपदाधिकारी र विज्ञसमेत संलग्न हुनुपर्ने उल्लेख गरिएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल