Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षक र कर्मचारीले पाउने भए कोरोना विरुद्धको खोप

शिक्षक र कर्मचारीले पाउने भए कोरोना विरुद्धको खोप

  • 2.6K
    SHARES

  • शिक्षक र कर्मचारीले पाउने भए कोरोना विरुद्धको खोप

    शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकले मंगलबार देखि कोरोना भाईरस कोभिड १९ विरुद्धको खोप पाउने भएका छन् ।                                                         

     

    मंगलबार देखि शुरु हुने खोप अभियानमा उनीहरुलाई प्राथमिकता दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनियाँ कम्पनीसँग गरिएको सम्झौता अनुसारको खोप आउने क्रम शुरु भएसँगै सोमबार बसेको मन्त्रालयको बैठकले मंगलबार देखि खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।                                                                                                                           

     

    मंगलबार देखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौं आएको छ ।                                                                                                                       

    साउन ८ गतेसम्म थप दुई उडानमार्फत बाँकी खोप ल्याउने सरकारको योजना छ । प्रवक्ता पौडेलका अनुसार मंगलबार देखि शुरु हुने खोप अभियानमा शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापक सँगै सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पहिलो मात्रा दिइने छ ।                                                                               

     यो अभियानमा खोप लगाउन बाँकी रहेका ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहका व्यक्तिले पनि खोप लगाउन सक्ने छन् ।

    images
    सोमवार, आषाढ २८ २०७८१०:१५:१७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल