Oct 29 2026 | २०८३, कार्तिक १३गते

साउन १ देखि नचल्ने ‘अवैध मोबाइल’ हरु कस्ता हुन् , कतै तपाइको फोन पनि त पर्दैन ?

साउन १ देखि नचल्ने ‘अवैध मोबाइल’ हरु कस्ता हुन् , कतै तपाइको फोन पनि त पर्दैन ?

  • 1.9K
    SHARES

  • साउन १ देखि नचल्ने ‘अवैध मोबाइल’ हरु कस्ता हुन् , कतै तपाइको फोन पनि त पर्दैन ?

    यही आउदै गरेको साउन १ गते देखि ‘अवैध मोबाइल’ मोबाईलहरु सरकारले नचल्ने बनाउँने भएको छ । यी कस्ता मोबाईल हुन् ? कस्तालाई ‘अवैध’ भनिएको छ ? कतै तपाईको समेत अवैध त हैन ? यसको जानकारी आज हामीसँग छ ।                                                                                       

     

    यो भनिएको ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइलहरु हुन् । जुन साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन ।                                                                                               

     

     आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । रजिस्टर गरेन भने सेवामा रहँदैन । रजिस्टर गर्न तपाईले शुल्क तिर्नुपर्छ ।                                                                                                               

     

      हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ । नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ ।                                                                                                                     

     

      अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । तर दर्ता गर्छु भनेर आउँनेलाई सरकारले सेवा दिनेछ ।

    images
    शनिवार, आषाढ २६ २०७८१०:४४:०६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल