Oct 29 2026 | २०८३, कार्तिक १३गते

रामजी र पंकज रामले अवैध शुल्क नबुझाई भरे एमबिबिएस परीक्षाको फारम

रामजी र पंकज रामले अवैध शुल्क नबुझाई भरे एमबिबिएस परीक्षाको फारम

  • 1.9K
    SHARES

  • रामजी र पंकज रामले अवैध शुल्क नबुझाई भरे एमबिबिएस परीक्षाको फारम

    नेसनल मेडिकल कलेजमा एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् विद्यार्थी रामजी राम र पंकज रामले फारम भरेका छन्।                                                                         

     

    कलेजले बुधबार अपराह्न बोलाएर उनीहरूलाई फारम भर्न दिएको हो। दुबै विद्यार्थीले फारम भरिसकेको जानकारी सेतोपाटीलाई दिएका छन्। रामजीसँग १२ हजार र पंकजसँग कलेजले २९ हजार रूपैयाँ लिएर फारम भर्न दिएको हो। त्यो दुबै शुल्क होस्टलमा बसेको र मेसमा खाना खाएको शीर्षकमा बाँकी रहेको भनी कटाइएको छ। अरू सबै मागिएको शुल्क मिनाहा भएको भनी कलेजले भनेको छ,’ रामजीले भने। पंकजको भने इन्टरनेट खर्च र परीक्षामा फेल भएको भनी ‘फाइन’ कटाएको पहिलेको एक लाख ६५ हजार रूपैयाँ कलेजले फिर्ता दिएको छैन। ‘परीक्षामा बस्न नदिने धम्की दिएपछि मैले त्यो पैसा पहिले नै तिरेको थिएँ, त्यो भने फिर्ता भएको छैन,’ पंकजले भने। उनीहरूलाई वार्षिक शुल्क, त्रिवि परीक्षा शुल्क, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले गैरकानुनी रूपमा शुल्क मागेको थियो। मंगलबार फारम भर्ने अन्तिम दिन थियो। त्यसदिन अपराह्न बोलाएर कलेजले शुल्क तिरेपछि मात्रै फारम भर्ने भन्यो। बुधबार बिहान पुन: बोलाए पनि फारम भर्न दिएको थिएन। चिकित्सा शिक्षा आयोगले गैरकानुनी शुल्क नमागीकन परीक्षालगायत गतिविधिमा सामेल गराउन भनी नेसनललाई चिठी लेखेको थियो।                                                                                                       

     

     उनीहरूको एमबिबिएस पाचौं वर्षको परीक्षा साउन १० गते हो। एमबिबिएस चौथो वर्षमा अध्ययनरत् रूकेशकुमार र तेस्रो वर्षमा अध्ययनरत् प्रमोदकुमारलाई पनि कलेजले गैरकानुनी शुल्क मागेको थियो। उनीहरूको भने परीक्षाको रूटिन प्रकाशित भइसकेको छैन, परीक्षा फारम भर्ने समय घर्किएको छैन। रूकेशकुमार र प्रमोदकुमारको समस्या भने समाधान भइसकेको छैन। उनीहरूलाई कलेजले अवैध शुल्क मागिरहेकै छ। परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामजीलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको थियो, त्यो उनले तिर्न नपर्ने शुल्क हो। त्यसबाहेक होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागेको थियो। उनले हालसम्म कलेजलाई तिर्नुपर्ने शीर्षकमा ८ लाख ६४ हजार रुपैयाँ बुझाइसकेका छन्। रामलाई गत साल एउटा परीक्षा दिनबाट कलेजले बञ्चित गराएको थियो। पंकजसँग वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको थियो। यो तिर्नु नपर्ने शुल्क हो। होस्टल खर्च १५ हजार ८३४ रुपैयाँ, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको थियो। तर, पंकजले यसअघि नै बुझाएको पैसाबाट कटौती गरी बाँकी २४ हजार रूपैयाँ मागेको रामले बताए। रूकेशकुमारलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।                                                                                   

     

     प्रमोदकुमारलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ। नेसनल मेडिकल कलेजका सञ्चालक चिकित्सा शिक्षा आयोगका सदस्य पनि हुन्। उनी प्रधानमन्त्री केपी ओलीनिकट मेडिकल व्यवसायी हुन्।

    images
    शनिवार, आषाढ २६ २०७८०६:०३:२९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल