Oct 29 2026 | २०८३, कार्तिक १३गते

गर्भावस्थामा पायल्स भए के गर्ने ?

गर्भावस्थामा पायल्स भए के गर्ने ?

  • 2.0K
    SHARES

  • गर्भावस्थामा पायल्स भए के गर्ने ?

    गर्भवतीको शरीरमा प्रवाहित भइरहेको रगतको मात्रा बढ्छ । र, प्रोजेस्टेरोन हर्मोनलाई हाइ लेभल ब्लड वेसलको भित्ता शिथिल बनाइदिन्छ । यसैले पायल्सको समस्या हुन्छ । गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो । चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै ।                                                               

     

    कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ । तपाईंलाई थाहै छ, गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन् । कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ । गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ ।                                                                             

     

     कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ । कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ । किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ ।                                                       

     

    पायल्सबाट कसरी बच्ने त ?             

      गर्भवस्थामा पायल्स हुने संभावना त धेरै हुन्छ । यद्यपी यसबाट बच्न नसिकने होइन । पायल्सको समस्याबाट छुटकारा पाउनु भनेको कब्जियतको अवस्था आउन नदिनु हो ।

    –यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ ।                                       

      नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।

    –चिया वा क्याफिनको सेवन नगर्ने ।                                                   

    –फाइबरयुक्त खानेकुरा सेवन गर्ने

    । –पर्याप्त मात्रामा फल र सब्जी खाने ।

    –तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।

    –नियमित व्यायाम गर्ने ।

    –जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।

    –दिसा गर्दा जबरजस्ती वा बल नगर्ने । यी प्राकृतिक उपाय हुन् ।

    यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन् । गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन् । यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ । यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन । त्यसैले महिलाहरु स्थिर अवस्थामा रहनु हुँदैन । लामो समयसम्म उठिरहने, वा लामो समय बसिरहने नगरौं । यताउता हिँड्ने, बस्ने, उठ्ने गर्नुपर्छ ।

    images
    शुक्रवार, आषाढ २५ २०७८०५:२२:४३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल