Oct 29 2026 | २०८३, कार्तिक १३गते

व्यायामको सही विधि एवं प्रक्रिया कस्तो ?

व्यायामको सही विधि एवं प्रक्रिया कस्तो ?

  • 1.4K
    SHARES

  • व्यायामको सही विधि एवं प्रक्रिया कस्तो ?

    व्यायामको अनेक विधी हुन्छन् । त्यसैले कुन किसिमको व्यायामबाट कस्तो लाभ मिल्छ भन्ने कुरामा चाहि हेक्का राख्नुपर्छ । सबै किसिमको व्यायाम आफ्नो लागि उपयुक्त छ वा छैन भन्ने कुराको ख्याल राख्नुपर्छ । किनभने कतिपय अवस्थामा व्यायाम पनि हानिकारक हुनसक्छ । हामीले जथाभावी एवं आफ्नो खुसीले गरिने व्यायामबाट शरीरलाई लाभ मिल्ने होइन, बरु हानी हुनसक्छ ।                                                               

     

      अहिले हामी स्वास्थ्यप्रति जागरुक छौं । सचेत छौं । त्यही कारण समय मिलाएर भएपनि नियमित रुपमा व्यायाम गर्न चाहन्छौं । व्यायामको लागि विहानको समय सर्वोत्तम हो । हुन त अरु समयमा पनि व्यायाम गर्न सकिन्छ । यद्यपि बिहानको समय जस्तो अनुकुलता अरु समयमा हुँदैन । व्यायाम गर्दा ध्यान दिनुपर्ने कुरा के पनि हो भने सहज हुने पहिरन लगाएर, सहज ठाउँमा गर्नुपर्छ । खुला वा ताजा हावा आउजाउ गर्ने ठाउँमा व्यायाम गर्नु राम्रो हो । प्रायले व्यायाम गर्दा संगीत सुन्ने वा साथीहरुसँग कुराकानी गर्दै पनि व्यायाम गर्छन् । व्यायाम गर्दा सकेसम्म आफैमाथि केन्द्रित हुनुपर्छ । कुन किसिमको व्यायाम कसरी र कति समय गर्ने भन्ने कुरामा आफुले ख्याल राख्नुपर्छ । किनभने जथाभावी गरिने व्यायाम प्रभावकारी नहुने मात्र होइन, शरीरका लागि हानिकारक पनि हुनसक्छ । तुरुन्तै कडा किसिमको व्यायाम गर्नु हुँदैन । व्यायाम गर्नुअघि त्यसको पूर्व तयारी गर्नुपर्छ । अर्थात आफुलाई शारीरिक र मानसिक रुपले तयार राख्नुपर्छ ।                                                                                                     

     

    व्यायाम गर्नुअघि वामअर्प अनिवार्य छ, ताकि तपाईंको शरीर व्यायामको लागि पूर्ण रुपमा तयार भएको होस् । यदि व्यायाम गर्नुअघि वार्मअप गर्नु भएन भने तपाईंले हानी पनि व्यहोर्नु पर्ने हुनसक्छ । तपाईंले व्यायाम जुन फर्म अर्थात प्रकारको गर्दै हुनुहुन्छ, त्यसलाई नियमअनुसार गर्नुहोस् । अर्थात एकदमै विधीपूर्वक व्यायाम गर्नुपर्छ । जुन व्यायाम, जसरी, जुन गतिमा गर्नुपर्ने हो सोही ढंगले गर्नुपर्छ । आफ्नो हिसाबले फेरबदल नगर्नुहोस् । अन्यथा तपाईंको शरीरका लागि यो हानिकार पनि हुनसक्छ । यदि व्यायाम गर्ने सुरसारमा हुनुहुन्छ र यसअघि गर्नुभएको छैन भने केही कुरामा सतर्कता अपनाउनुहोस् । सुरुको दिन अति धेरै व्यायाम नगरौं । ट्रेनरको सुझाव अनुसार नै व्यायाम गरौं ।                                                                                 

    सप्ताहमा जति व्यायाम गर्नुपर्ने हो, सो भन्दा बढी व्यायाम गरिएमा शरीरलाई हानी हुन्छ । व्यायाम गरेर मात्र पुग्दैन, साथसाथै उचित डाइट पनि लिनुपर्छ । व्यायाम गरेपछि चाडै पचाउने प्रोटिन र कार्बोहाइड्रेट सेवन गर्नुहोस् । यसले शरीरमा एमिनो एसिड आपूर्तिका साथसाथै मांसपेशीको निर्माणमा पनि सहयोग गर्छ ।                                               

     

    व्यायाम गर्नु सबै उमेरका लागि फाइदाजक छ । यद्यपि कुन किसिमको व्यायाम गर्ने, कुन गतिमा गर्ने भन्ने कुरा चाहि उमेरले पनि निर्धारण गर्छ । त्यसैले व्यायाम गर्नुअघि विज्ञसँग परामर्श लिएर मात्र व्यायाम सुरु गरौं । यदि तपाईंमा स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा चिकित्सको परामर्श लिन आवश्यक छ ।

    images
    बुधवार, आषाढ २३ २०७८१०:४७:२५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल