बुधवार, आषाढ २३ २०७८
चिकित्सा शिक्षा आयोगले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप गर्न बाँकी भएका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिपको व्यावस्था गर्ने भएको छ ।
आयोगले कोभिड १९ का कारण विदेशमा चिकित्सा विधाको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको गर्न नपाएका विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो ।
सम्बन्धित विश्वविद्यलायमा इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुका लागि अन्तिम एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था गरिने आयोगको कार्यकारी समितिको निर्णय भएको आज एक सूचना जारी गरी जानकारी दिएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल