बिहिवार, आषाढ १७ २०७८
कहिलेकाँही भान्सामा खानेकुराको मिति सकिएका कारण फाल्नुपर्छ । प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । तर, भान्सामा पाइने केही खानेकुरा कहिल्यै सड्दैन । त्यस्ता खानेकुरामा नुन, मह, चामल, चिनी आदि पर्छन् ।
नुन दैनिक खानामा प्रयोग हुने नुन कहिल्यै बिग्रिदैन । तर, लामो समयसम्म राख्दा यसमा मिसाइएको आयोडिनको आयु भने निश्चित हुने गर्छ ।
मह महलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसले ब्याक्टेरियालाई सुख्खा बनाउँछ । मह आफ्नो लागि आफै संरक्षक बन्छ । जसले गर्दा यो लामो समयसम्म बिग्रिदैन ।
सेतो चामल सही तरिका, हावामा सही सन्तुलन र सही तापमा राखिएको चामल लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसमा तेलको मात्रा कम हुने भएकाले लामो समयसम्म राख्दा पनि बिग्रिदैन ।
चिनी चिनी भान्सामा नभई नहुने खानेकुरामा पर्छ । चिसो र तातोबाट बचाउन सकियो भने चिनी लामो समयसम्म पनि बिग्रिदैन ।
पास्ता रिफाइन गरिएको आटा र मैदाबाट बनेका यस्ता खानेकुराहरु लामो समयसम्म पनि बिग्रिदैन ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल