बिहिवार, आषाढ १७ २०७८
भर्खरै मात्र एसईईको परिणाम सार्वजनिक भएको छ । बिद्यार्थी हरु के पढ्ने, कहा पढ्ने दुविधामा देखिन्छ । कोहि बिज्ञान पढ्ने कोहि बाणिज्य पढ्ने भन्नेमा बढी चासो र चिन्ता देखिएको बेला मुलुकको प्राबिधिक शिक्षा क्षेत्रको अभिभावक सस्था प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सिटिईभिटी) का सदस्य सचिव डा.पुष्प रमण वाग्ले सग हाम्रा सहकर्मीले लिएको महत्त्वपूर्ण अंतरवार्ता
प्राबिधिक शिक्षा भनेको के हो ? यसलाइ कसरी बुझ्ने ?
प्राविधिक शिक्षा काे आवश्यकता महत्त्वलाई जनताका माझ पुर्याउने जुन जमर्को गर्नु भाकाे छ याे काम सह्रानिय छ । सर्वप्रथम म यसका लागि शैक्षिक अन्लाईन नयाँ शिक्षा डटकम र यहाँहरुलाइ हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्न चाहान्छु । प्राविधिक शिक्षा भनेकाे मानव जिवनलाइ आवश्यक पर्ने भाैतिक सुबिधाहरु परिपुर्ति गर्ने बिज्ञानका साथै प्रबिधिबाट उत्पादन र उत्पादकत्व बृद्धी गरेर भाैतिक सुबिधा भाैतिक तथा सामाजिक आबश्यकताहरु परिपुर्ति गर्ने शिक्षा प्राबिधिक शिक्षा हाे ।
यहि अबस्थामा २०३७ सालबाट कर्णाली प्राबिधिक शिक्षालय जुम्ला बाट यसकाे सुरुवात हाे । २०४५ बाट स्वायत्तता प्राप्त गर्दै संस्था काे स्थापना भएको छ। याे पढ्नकाे लागि नभइ सिक्न र जीवन पढनकाे लागि पढिने शिक्षा हाे । याे प्रयाेगात्मक शिक्षा हाे जुन आफ्नै हातले केही गर्नुपर्छ प्राबिधिक शिक्षा पढेर हाेइन सिकेर पढनुपर्नेहुन्छ । याे तालिम हाेइन जाे देशकाे लागि प्राविधिक स्राेत र साधनहरुकाे अधिकतम उपयाेग गर्दै आधारभुत तथा दक्ष जनशक्ति उत्पादन गर्नु यसकाे उदेश्य हाे । डिप्लाेमा तह टि एसईई तथा छाेटाे अवधिकाे तालिम मार्फत शिक्षा उपलब्ध गराएका छाै । अहिलेकाे सन्दर्भलाई हेर्ने हाे भने हालसम्म आउदा धेरै अगाडि बढेकाे छ। गाउँ प्राविधिक शिक्षाकाे पहुँच पुर्याउन सरकारी स्कुलहरुसग साझेदारी पनि गरेका छाै । सिमित स्राेत साधनका बिच हामिले केही निजि संस्थालाई पनि सम्बन्धन दिएर प्राविधिक शिक्षाकाे पहुँच बिस्तार गरेका छाै ।
प्राविधिक शिक्षाप्रति बढ्दाे आकर्षण देखिन्छ आखिर याे शिक्षा नै पढनु पर्ने कारण के ?
याे शिक्षा आधारभुत जनताकाे शिक्षा हाे यहा निम्न तथा मध्यम बर्गिय जनताका छाेराछाेरीकाे संख्या राम्रो छ। हाम्रो देश जैविक बिबिधता ले भरिपुर्ण छ तर बेरोजगार काे मात्रा धेरै छ प्राविधिक शिक्षा पढेर केही गर्न चाह्याे भने ७५% ब्याक्ति राेजगार हुनसक्छन् । हामीसग सम्भावनाहरु राम्रो छन् । प्राविधिक शिक्षाबाट उत्पादित जनशक्ति ७५% राेजगार छ याे आकडा हामिसग छ। स्वराेजगारपनि राेजगार छ अहिले आधुनिकरण र बजारीकरणकाे आवश्यकता छ। यसलाइ ब्यवस्था गरेर पढेपछि सीप खेर नजाने हुनाले प्राविधिक शिक्षा नै चाहिएकाे हाे । देशकाे बिकास गर्न प्राविधिक शिक्षा अनिवार्य सर्त हाे । आज नवजात शिशु मृत्यु दर घटेकाे छ गाउँ गाउँमा प्राविधिक जनशक्ति सिएमए अनमि छन् दुरदराजका गाउहरु मा आज हाम्रो जनशक्ति ले ठुलाे काम गरेकाे छ। त्यसकारण प्राविधिक शिक्षा नै चाहिन्छ ।
प्राबिधिक शिक्षामा आधारभुत बर्गका छाेराछाेरी पढिरहेकाे देखिन्छ वास्तमा याे कस्ता व्याक्ति र कसले पढने शिक्षा हाे ?
याे एकदमै राम्रो बिषय उठाउनु भयाे जुन ब्याक्तिले देशकाे लागि साच्चिकै केही गर्छु भन्ने ब्याक्तिले पढने शिक्षा हाे म त अरुलाइ भन्नै सक्दिन । बैज्ञानिकहरुले आबिस्कारकाे साेच वनाउछ त्याे प्राबिधिक हरुले बनाइदिने हाे । देशकाे संम्बृद्दी आर्थिक सामाजिक परिवर्तनकाे साेच राख्ने मान्छेहरुले याे शिक्षा पढन जरुरी छ। देशकाे लागि म केही गर्छु भन्ने ब्याक्तिले पढनुपर्दछ ।
देश संघियतामा गएको छ याे संरचनामा आम जनतामा प्राविधिक शिक्षाकाे पहुँच कसरी पुर्याउन सकिन्छ ?
विभिन्न तालिमहरु प्राविधिक शिक्षाका फ्याकेल्टीहरु गाउँमा बिस्तार भएका छन् ।राज्यले पनि प्राथमिकता दियर नीति तर्जुमा गरेकाे छ । प्राबिधिक शिक्षाकाे बिकास र बिस्तार भाैतिक पुर्वाधारहरुकाे ब्यबस्थापन शैक्षिक सामाग्री प्रशिक्षकहरुकाे बिकास र ब्यबस्थापन पिछडिएकाे बर्ग आदिवासी जनताजाति दलित लाेपउन्मुख बर्गमा पहुँच साथै यसकाे सान्दर्भिकता बजारमा कस्ताे माग छ त्याे किसिमकाे पाठ्यक्रम काे परिमार्जन गरेर लैजान बजार सुहाउदाे जनशक्ति उत्पादनमा जाेड दिएका छाै । साथै गुणस्तर सुदृढ गर्नपनि आबश्यक छ। बेरोजगार शक्ति लाई पहुँच पुगाउन आबश्यक छ।
प्राविधिक शिक्षाप्रति आमबुझाइ न्यून आय भएका मानिसले मात्रै पढछन भन्ने रहेकाे छ? सरकारले पनि दर्जा छुट्याइएको जस्ताे देखिन्छ ?
याे एकदमै राम्रो प्रश्न गर्नु भयाे हाम्राे संस्कार साेच निकै दरिद्र छ श्रमप्रति हामी घृणा गर्छाै श्रम गर्ने मान्छेलाई तल्लो दर्जाकाे रुपमा राखेमा छाै याे बिभेदले अहिलेपनि स्थान दिएकाे छ। महत्त्वपूर्ण काम गर्ने उत्पादकत्व काे सम्मान हुदैन याे संस्कार ले प्राविधिक शिक्षाप्रति फरक दृष्टि ले हेर्छ वास्तमा याे नै खराव बुझाइ हाे । जैविक बिबिधताले भरिपुर्ण हाम्रो मुलुकमा थुप्रै सम्भावना छन् याे अवस्थामा हामिले प्राकृतिक स्राेत साधनकाे पहिचान गर्न सकेका छैनाै ।खानिहरु उत्खनन बजार ब्यबस्थापन राेजगारीकाे सृजना गर्न नसक्नुकाे पछाडि हामिसग दक्ष जनशक्ति छैन र श्रमप्रति तिरस्कार छ ।
श्रम हेलत्व हाेइन भन्ने कुरा स्थापित हुन जरुरी छ। बाेलेर खाने माथिल्लो दर्जामा छन तर हातले श्रम गरेर खाने तल्लो दर्जामा छन् हामिले श्रमकाे महत्त्व नबुझेसम्म प्राविधिक शिक्षाकाे महत्त्वलाई बुझ्दैनाै ।
प्राविधिक शिक्षाका मुख्य चुनाैति के के हुन ?
पहिलाे कुरा गुणस्तर सुनिश्चित ब्यवस्थापन हाे । प्राविधिक शिक्षा पढन जाने भन्दा आफ्नै हातले काम गरेर सिक्ने शिक्षा भएकाले यसप्रति बुझाईमा स्पष्टता ल्याउन जरुरी छ। अर्को हामिसग सिमित स्रोत साधन छन्। भाैतिकपुर्वाधारकाे ब्यवस्थापन मा चुनाैतिहरु छन् ।शैक्षिक सामाग्री मेसिन औजारकाे ब्यबस्थापन अहिलेपनि हामी आज भन्दा ५० बर्ष अगाडि काे प्रविधि ले काम गरिरहेका छाै तर प्रविधिमा यस्ताे बिकास छ। तालिम र प्रशिक्षकमा अभाव छ ।
अर्को र महत्त्वपूर्ण कुरा चेतना र बुझाइ हाे ।श्रमकाे कदर गर्ने चेतना नभएसम्म प्राविधिक शिक्षामा ठुला चुनाैति छन् । अहिले पनि तालिम हाे भन्ने बुझाइ कायमै छ।
याे शिक्षा ले मुलुकलाइ पुर्याउने याेगदान के हाे ?
माथि भनेजस्तै यसकाे उदेश्य मध्यम स्तरिय दक्ष र प्राबिधिक जनशक्ति उत्पादन गर्नु हाे। वा आधारभुत दक्ष जनशक्ति निकाल्ने र राेजगारका लागि, उत्पादन बृद्धी गर्ने उत्पादकत्व बढाउदै आर्थिक र सामाजिक उन्नति गर्दै देशलाइ संमृद्धी र सुखि नेपाल बनाउने हाे । याे शिक्षाले मुलुक निर्माणकाे मेरुदण्ड काे रुपमा काम गर्नुपर्छ । चेतना त्यसरी जागरुक गराउनुपर्दछ। कामकाे विधि उत्पादनकाे मुल्यांकन गर्न आबश्यक छ ।
बिधार्थीकाे गुनासाे छन समयमा परिक्षा हुदैन समयमा रिजल्ट हुदैन सिटिइभिटीमा अदृश्य समस्या हरुछन पारदर्शिता छैन भन्ने व्यापक गुनासाे छ ?
फायर ओपन गरिदिनु भएको छ सबै समस्याहरु हामिले देख्नपनि सकिँदैन । जस्तो परिक्षाकाे रिजल्ट ढिला भयाे भन्ने गुनासाे मा कार्यालय मा प्रयाप्त साधनस्राेत तथा जनशक्ति काे अभाव छ। विगतमा भएकाे ओभर टायमकाे गत साउनबाट बजेट कटाैति भएकाे थियाे । यसै कुरालाइ मध्यनजर गर्दै ओभर समय काम काे ब्यबस्था गरिएकाे छ आसा छ अब चाडैं याे गुनासो काे अन्त्य हुनेछ।
कार्यक्रम हरु व्यापक थपिएको छ। जनशक्तिकाे कमि भएको कारण केही ढिलाइ भएको हाे । जहासम्म अरु कुरा छ निजि हामी ले आफै थेग्न नसकेर विभिन्न समयमा निजि संस्था सन्चालकलाइ सम्बन्धनकाे लागि आह्वान गर्याै निरिक्षणपनि भयाे तर परिषदबाट स्विकृति फाइनल नहुदा आशंकाहरु हाेलान तर चिकित्सा शिक्षा बिधयेक लगायत थुप्रै कुराहरु कारक छन् । हामी बिस्तारै सुधार्दै लैजान्छाै ।
अब करिव १६ सय संस्था स्विकृतिका लागि दर्ता संस्थाहरु छन अब हामी भुगाेल आबश्यकता सबै हेरेर निजि संस्थालाइ सम्बन्धन दिनुपर्ने हाे तर परिवर्तित राजनीति अवस्था ले हामिले सकेनाै । अाएका गुनाेसाे प्रति हामी जिम्मेवार छाै ।
भखरै एसइइ सकिएकाे छ प्राबिधिक शिक्षा पढने उच्च चाहाना भएका लाखाै बिधार्थीलाइ के भन्नुहुन्छ ?
आफ्नाे रुचि अनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र हाेटेल ब्यबस्थापनमा पढाइन्छ डिप्लाेमा देखि टिएसइइ तथा सीप तालिमहरु छन जुन लिन सकिन्नुहुन्छ। याे देश बनाउने जिम्मेवारी तपाईहरुकाे हाे प्राबिधिक शिक्षा नलिइ मुलुक बन्दैन । प्राबिधिक शिक्षा लियर मुलुक निमार्णकाे अभियानमा सहयाेग गर्न प्राबिधिक शिक्षा पढन आउन अपिल गर्न चाहान्छु ।
अन्त्यमा केही भन्नू छ ?
पहिला पनि भने धन्यवाद नया शिक्षा अन्लाईन डटकमलाइ हाम्रा बिचारहरु राख्ने महत्त्वपूर्ण माैका दिनुभएको मा साथै प्राबिधिक शिक्षाकाे बारे नयाँ बहसका लागि सबै मा अपिल गर्दछु साथै श्रम गरेर खाने शिक्षा भएकाले मुलुकमै केही गरेर खाउ भन्ने शन्देस दिन चाहान्छु धन्यवाद ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल