Oct 28 2026 | २०८३, कार्तिक १२गते

राजनीतिक हस्तक्षेप भए सुुधार्न सकिदैन : त्रिवि उपकुलपति बराल

राजनीतिक हस्तक्षेप भए सुुधार्न सकिदैन : त्रिवि उपकुलपति बराल

  • 3.1K
    SHARES

  • राजनीतिक हस्तक्षेप भए सुुधार्न सकिदैन : त्रिवि उपकुलपति बराल

    त्रिभुवन विश्वविद्यालयका नव नियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा भएमा सुधार सम्भव नभएको बताएका छन् । उनी खुला प्रतिष्पर्धाबाट छनोट भए पनि माओवादी निकट मानिन्छन् । 

    ‘म कतै पनि झण्डा बोकेर गएको छैन । कुनै कार्यक्रममा पनि सहभागी भएको छैन,’सञ्चारकर्मीसंग कुराकानीमा उनले भने,‘म प्राज्ञिक काम गर्छु । कुनै दलप्रति आस्था राख्न त पाईन्छ होला ।’ 

     

    उपकुलपति एक्लैले विश्वविद्यालयको सुधार सम्भव नभएको उनले बताए । त्रिविको समस्या समाधान गर्न प्रमुख राजनीतिक दलकै सहयोगको खाँचो रहेको उनले बताए । 

    ‘भिसी जतिसुकै सक्षम भए पनि भिसी एक्लैले विश्वविद्यालय सुधार गर्न सक्दैन । विश्वविद्यालयको जुन वातावरण छ यसलाई सुधार गर्न देशका प्रमुख राजनीतिक दलको सहयोगको खाँचो छ,’उनले भने,‘भिसी भनेको हाकिम होइन । विश्वविद्यालयको म्यानेजर हो । संस्थाको व्यवस्थापन गर्न सक्नु पर्छ ।’

    आफु विश्वविद्यालयको उपकुलपति भएपछि परिवर्तन भन्दा पनि सुधार गर्ने बरालले बताए । विश्वविद्यालयप्रतिको गुम्दै गएको विश्वास कायम गर्ने आफ्नो मुख्य भूमिका हुने उनले बताए । विश्वविद्यालयको परीक्षा, नतिजा समयमा गर्ने, समयानुकल पाठ्यक्रम बनाउने र क्यालेण्डर लागू गर्ने योजना रहेको उनले बताए । 

    विश्वविद्यालय सुधार आफु एक्लैले सम्भव नभएकोले रजिष्ट्रार र रेक्टर पनि राजनीतिक भागबण्डाबाट नभई योग्य व्यक्ति भएमा मात्रै काम गर्न सकिने उनले बताए । 

    ‘रेक्टर रजिष्ट्रार एकाडेमिक र व्यवस्थापकीय क्षमताको आधारमा नियुक्ति हुनुपर्छ,’बरालले भने,‘राजनीतिक कोर्डिनेशन मिलाउन जरुरी छ त्यसो भन्दैमा पार्टीले पठाउने भन्दा पनि भिसीको अनुकुल चलाउन सक्ने व्यक्ति दिनुहुन्छ कि हुन्न भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु । उहाँले मलाई राजनीतिक प्रेसर दिँदा पनि काम गर्नु भएन भनेर नियुक्ति दिनु भएको रहेछ । त्यही भएर हामीलाई तपाई मन पर्यो भन्नुभयो ।’

    images
    आइतवार, कार्तिक ४ २०८१०९:०४:३१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल