Oct 28 2026 | २०८३, कार्तिक १२गते

नेपाली विद्यार्थीले बनाएको रकेट 'गरुडा'

नेपाली विद्यार्थीले बनाएको रकेट 'गरुडा'

  • 4.1K
    SHARES

  • नेपाली विद्यार्थीले बनाएको रकेट 'गरुडा'

    नेपाली विद्यार्थीले तयार गरेको ‘गरुडा’ नामको रकेट आज धनुषाको भिमानमा प्रक्षेपण परीक्षण गरिएकाे छ ।

    आज भएको प्रक्षेपणमा गरूढ रकेट १० सेकेन्डसम्म आकाशमा उडेको थियो । करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ । टिमले एक महिनापछि पुनः प्रक्षेपण गर्ने योजना ल्याएको छ । याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे ।

    ‘१० सेकेन्डमै क्र्यास भयो । हावाका कारण रकेटले ‘पिक गेन’ गर्न सकेन । आजको अनुभवले हामीलाई के के मिल्याे, के के मिलेन भनेर धेरै सिकाएको छ । पुनः एक महिनापछि प्रक्षेपण परीक्षण गर्ने योजना ल्याएका छौं,’ टिम मेम्बर माेहन तामाङले भने ।

    स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा पहिलोपटक सहभागिताका लागि विद्यार्थीले रकेट परीक्षण गरेका हुन् । एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

    images
    शनिवार, चैत्र ७ २०७७०९:२६:०२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल