Oct 29 2026 | २०८३, कार्तिक १३गते

स्पेसएक्सको  Dear Moon Mission 2023 मा जापनका अर्बपति युवा युसाका माएजावा सँगै आठ जना यात्रा गर्नपाउने !

स्पेसएक्सको  Dear Moon Mission 2023 मा जापनका अर्बपति युवा युसाका माएजावा सँगै आठ जना यात्रा गर्नपाउने !

  • शनिवार, फाल्गुण २२ २०७७

  • 1.7K
    SHARES

  • स्पेसएक्सको  Dear Moon Mission 2023 मा जापनका अर्बपति युवा युसाका माएजावा सँगै आठ जना यात्रा गर्नपाउने !

    अन्तरिक्ष विमान, रकेट उत्पादक तथा अन्तरिक्ष बाहन कम्पनीका सीइओ तथा इन्जिनियर एलोन मस्कको अन्तरिक्ष  कम्पनी   स्पेसएक्स द्वरा हुन गैरहेको  Dear Moon Mission 2023 मा जापनका अर्बपति युवा युसाका माएजावाले आफुसँगै चन्द्रमाको यात्रा गर्नको लागी  विश्वभरीबाट  आठ जना सर्वसाधारणलाई  आमन्त्रण गरेका छन ।
    उनले ट्वीटरमा एक भिडियो राख्दै भनेका छन्, ‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्, मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ’। उनले त्यसका लागी आवेदन कसरी भर्ने भन्ने विवरणहरू पनि राखेका छन्। उनले पूरै यात्राकोलागि आवश्यक पर्ने सम्पूर्ण खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा नि:शुल्क हुने पनि बताएका छन्।


    उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू ‘जुनसुकै गतिविधि’ मा भए पनि उनीहरूले अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ, ‘र’ त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उनले भने।


    सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ। सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले उनीहरूले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो।अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिरे भन्ने खुलाइएको छैन तर एलन मस्कका अनुसार त्यो ‘धेरै ठूलो रकम  थियो ।
    तपाइँहरु पनी  यो लिङ्क बाट https://dearmoon.earth/ आवेदन पेस  गर्न सक्नु हुन्छ ।

    images
    शनिवार, फाल्गुण २२ २०७७०८:०२:१७
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल