Oct 29 2026 | २०८३, कार्तिक १३गते

इण्टरनेटको मूल्य चाडै घटाउँदै छौंः सञ्चारमन्त्री

इण्टरनेटको मूल्य चाडै घटाउँदै छौंः सञ्चारमन्त्री

  • सोमवार, फाल्गुण १७ २०७७

  • 1.1K
    SHARES

  • इण्टरनेटको मूल्य चाडै घटाउँदै छौंः सञ्चारमन्त्री

    काठमाडौं , सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने आवश्यक अध्ययन गरिरहेको बताएका छन् ।

    शनिबार क्यान महासंघको २७ औं साधारणसभामा बोल्दै उनले निकट भविष्यमा इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    उनले भने ‘इण्टरनेट सेवा महँगो हुँदा प्रभावकारी हुन सकेको छैन । त्यसलाई कम खर्चिलो र प्रभावकारी बनाउने विषयमा सरकारले गृहकार्य गरिरहेको छ’  ।

    ईकमर्श, ईएजुकेशन, ईहेल्थ लगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने बताए ।

    ‘नागरिक एप त्यसैको एउटा कडी हो । हामी कागजरहित कार्यालय र भौतिक उपस्थितिरहित सेवाको लक्ष्य लिएर अघि बढिरहेका छौं,’ उनले भने ।

    मन्त्री गुरुङले भने, आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्नका साथै समय वचत तथा सेवाग्राही तथा नागरिकलाई सुविधा दिनका लागि पनि डिजिटल विकासको विकल्प छैन ।

    दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट जस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाई थियो ।

     ‘अप्टिकल फाइबरलाई दुर्गम जिल्लामा पुर्‍याउने कुरामा सरकारले हालै नीतिगत निर्णय गरेको र ‘हरेक स्थानीय निकायका वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुलाई जतिसक्दो चाँडो इण्टरनेट सञ्जालमा जोडनेछ । उनले भने  ’दूरसञ्चार र इण्टरनेटको विकाससँगै सूचनाप्रविधिका अन्य आयामहरु दुरदराजका गाउँसम्म पनि पुग्ने छ ।

    क्यानले यस्ता तालीमको योजना र कार्यक्रम बनाएर प्रस्ताव गर्ने हो भने त्यसमा सघाउन सञ्चार मन्त्रालय तयार रहेको मन्त्री गुरुङको भनाई थियो ।

    दूरसञ्चारका क्षेत्रमा सरकारकै पैसाले पूर्वाधार तयार गरी त्यसलाई निजीजस्तै गरी प्रयोग गर्ने प्रवृत्ति समेत देखिएको भन्दै उनले त्यसलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

    ‘टेलिफोन नटिपेमा टावरलाई दोष दिन्छौं । सेवा प्रदायकको नियत वा प्रविधिमा प्रश्न उठाउँदैनौं । त्यसैले उपभोक्ताहरुलाई जागरुक बनाउन जरुरी छ,’ उनले भने । त्यसमा भुगोलको नभएर व्यवसायीको दोष भएको मन्त्री गुरुङको बुझाई छ । साथै उनले भने ‘जनताका यस्ता समस्या क्यान फेडेरेशनले उठाइदिनु आवश्यक छ ।

     

    images
    सोमवार, फाल्गुण १७ २०७७०९:४९:५०
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल