Oct 29 2026 | २०८३, कार्तिक १३गते

स्वास्थ्य

१० लाख डोज ‘कोभिशिल्ड’खोप आइपुग्यो: जेष्ट नागरिक, शिक्षक र सार्वजनिक यातायातका चालक प्राथमिकतामा

१० लाख डोज ‘कोभिशिल्ड’खोप आइपुग्यो: जेष्ट नागरिक, शिक्षक र सार्वजनिक यातायातका चालक प्राथमिकतामा

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.0K
    SHARES

  • १० लाख डोज ‘कोभिशिल्ड’खोप आइपुग्यो: जेष्ट नागरिक, शिक्षक र सार्वजनिक यातायातका चालक प्राथमिकतामा

    काठमाडौं । नेपाल सरकारले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाख मध्य कोभिड १९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ ।  भारतको नयाँ दिल्लीबाट १० लाख डोज खोप बोकेर एयर इन्डिया विमान आज दिउसो काठमाडौँ आइपुगेको हो  ।

    यो संगै सरकारले सरकारको प्राथमिकतामा रहेको जेष्ठ नागरिक, शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले कोरोना खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । 

    मन्त्रालयका अनुसार औषधि पसलमा प्रयोगशालामा कार्यरत कर्मचारी र सफाइ कर्मचारी भने पहिलो चरणकै औसधि फागुन ९ र १० मा खोप लगाउन पाउनेछन ।

    भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा माघ १४ देखि  कोरोना खोप अभियान सुरु गरेको थियो । यसैगरी चीन सरकारले अनुदान दिने भनिएको ५ लाख डोज समेत छिट्टै आउने बताइएको छ। 

    images
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल