शुक्रवार, फाल्गुण ७ २०७७
अमेरिकी स्पेस इन्स्टिच्युट नासा ( NASA ) ले मङ्गल ग्रहमा अन्तरिक्ष यान ‘पर्सिवरेन्स मार्स रोवर’ (Perseverance Mars Rover ) सफलता पुर्वक अवतरण गर्दै बिज्ञान क्षेत्रमा नयाँ इतिहास रचेकोछ । रोवरले सात महिनाको यात्रामा करिब ४७ करोड २० लाख किलोमिटर दूरी तय गर्दै नेपाली समय अनुसार शुक्रवार राति २ बजेर ४० मिनेटमा मङ्गल सतहमा अवतरण गरेको थियो ।
अन्तरिक्ष यानले मङ्गल ग्रहको सतहमा अवतरण गरे लगत्तै पहिलो तस्विर पठाएको र उक्त तस्विरमा रोभरले सतह टेकेको छायाँसमेत देखिएको छ ।

मंगल यानले पठाएको पहिलो तस्बिर !
अन्तरिक्ष यान ‘पर्सिवरेन्स मार्स रोवरले अवतरण गरेको सन्देश आउनासाथ नासाको कन्ट्रोल रूममा रहेका मिसन- मंगल अभियानमा संलग्न बैज्ञानिकहरुले खुशीको भाव व्यक्त गरेका थिए । यस्तै मंगल ग्रहमा अवतरण गरे लगत्तै अन्तरिक्ष मिसनका उपप्रमुख म्याट्ट वालसले समेत अन्तरिक्ष यान सहज र राम्रो आकारमा रहेको प्रतिक्रिया दिनुभयो ।
अन्तरिक्षयान अवतरण पश्चात खुसि ब्यक्त गर्दै बैज्ञानिकहरु !
रोवर पर्सिवरेन्सले मङ्गल ग्रहमा अनेकौँ वैज्ञानिक प्रयोग गर्ने छ । खासगरी नासाको यस अभियानको मुख्यकाम दुईवर्षसम्म मङ्गल ग्रहको सतहमा रहेर चट्टानको अवशेष, माटो, ढुङ्गा,वालुवाका नमूना एकत्रित गर्दै जीवनको सम्भावना खोज्नु रहेको छ ।रोवरले मङ्गल ग्रहमा अक्सिजन बनाउने काम पनि गर्नेछ ।

रोवर पर्सिवरेन्सले मङ्गल ग्रहमा अवतरण गरेपछि को अवस्था !
नासाका अनुसार उक्त यान जेजेरो क्रेटरमा अवतरण गरेको छ । यानले उक्त क्रेटरको बारेमा समेत जानकारी पठाउने उल्लेख गरिएको छ । नासाले यस अभियानको अवतरणमा ‘स्काईक्रेन’ प्रविधिको प्रयोग गरेको थियो।
पर्सिभिरेन्सले आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ। आफैं चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ। एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ। यदि उडान सफल भयो भने १.८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन गर्नेछ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल