Oct 29 2026 | २०८३, कार्तिक १३गते

सुचना प्रबिधि

सुचना प्रबिधि

  • बुधवार, कार्तिक ५ २०७७

  • 1.0K
    SHARES

  • सुचना प्रबिधि

    भेरिजोनको स्वामित्वमा रहेको याहुले आफ्नो सबै वेबसाइट र त्यसका सबै कन्टेन्ट हटाउने भएको छ । भेरिजोनको इनग्याजेटले दिएको जानकारी अनुसार दुई चरणमा हुने यो प्रक्रियामा सबै वेबसाइट हराउनेछन् । याहुले अक्टोबर २८ देखि आफ्नो वेबसाइटमा कुनै पनि पोस्ट प्रकाशित गर्ने छैन । त्यस्तै डिसेम्बर १४ मा भने यसअघि पोस्ट गरिएका सबै कन्टेन्टहरु डिलिट गरिने इनग्याजेटले उल्लेख गरेको छ । यद्यपि प्रयोगकर्ताहरुले आफ्नो इमेलको माध्यमबाट याहु ग्रुपसँग जोडिन सक्छन् । तर, ती ग्रुपहरु पनि खाली हुनेछन् । त्यसपछि यी ग्रुपहरु प्राइभेट हुनेछन् र यी ग्रुपमा पोस्ट गर्न अनुमति लिनुपर्ने हुन्छ । प्रयोगकर्ताले आफ्नो इतिहास सुरक्षित गर्न चाहने हो भने उनीहरुले प्रत्यक्षरुपमा डाउनलोड गर्ने वा याहुको प्राइभेसी ड्यासबोर्डको माध्यमबाट आफ्नो डेटा सुरक्षित गर्न सक्छन् ।

    images
    बुधवार, कार्तिक ५ २०७७०१:०६:४१
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल