मंगलवार, माघ २० २०७७
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् ।
देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।
सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए ।
जीपीए ४ अंक हासिल भएकाले उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।
विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका खनालले बताए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल