शनिवार, मंसिर १८ २०७८
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ अध्ययन गर्नलाई पनि उमेरले रोक्दैन भन्ने उदाहरणको रुपमा एकजना वृद्धा प्रस्तुत भएकी छन् । भारतको केरला राज्यमा बस्ने एक सय चार वर्षीया वृद्धाले पढेर सामान्य साक्षरताको औपचारिक शिक्षाको तह राम्रो अंकका साथ उत्तीर्ण भएकी हुन् । पढेर शिक्षिका बन्ने रहर हुँदाहुँदै पनि आमाले कलिलै उमेरमा बिहे बन्धनमा बाँधिदिँदा पढ्न नपाएको उनले बताएकी छन् । तर, अहिले त्यो सपना पूरा भएकोमा खुसी भएकी छन् । कुट्टियाम्मा नामकी ती वृद्धाले आफ्नो नाति नातिनीको पहलमा एक वर्ष अघिदेखि पढ्न शुरु गरेको बताउँछिन् । ‘म कहिले पनि विद्यालय गईंन, न मेरो परिवारमा कसैले विद्यालय देख्न पाए,’ उनले भनिन् । पढ्ने र लेख्ने उमेरमा घरपरिवारको जिम्मेवारी थपिएकाले आफ्नो पूरै जिन्दगी घरपरिवारको लागि समर्पित गर्नुपरेको उनले विगत कोट्याइन् । उमेर सय वर्ष नाघेपछि पढ्न मन लागेर घरमै अक्षर चिन्ने प्रयास गरेको उनको भनाइ छ । अंग्रेजी पढ्न नजान्ने उनी मलयालम भने राम्रोसँग पढ्न सक्ने भएकी छन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल