Oct 28 2026 | २०८३, कार्तिक १२गते

पुर्व जिल्ला वन अधिकृतको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण

पुर्व जिल्ला वन अधिकृतको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण

  • 1.2K
    SHARES

  • पुर्व जिल्ला वन अधिकृतको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण

    संखुवासभा - चैनपुर नगरपालिका वडा नं ८ मा रहेका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दङ्गाली गाउँमा जन्मेर हाल काठमाडौ बस्ने पुर्व जिल्ला वन अधिकृत राजेन्द्र बहादुर खत्रीको सहयोगमा दुई सय सात बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । गगनचुम्वी आधारभूत विद्यालयमा आईतबार वितरण गरिएको थियो । यसैगरी हिमगंगा आधारभूत विद्यालय चापाभैँ, जलकन्या आधारभूत विद्यालय राउतगाउँ, जलेश्वरी आधारभूत विद्यालय तिखिढुङ्गाका विद्यार्थीलाई न्यानो स्विटर र टोपी वितरण गरिएको शिक्षक इन्दिरा श्रेष्ठले जानकारी दिईन् । गगनचुम्वी आधारभूत विद्यालयबाट खत्रीले सुरू गरेको यस्तो सहयोग वडा नं ८ मा रहेका थप वानेश्वर आधारभूत विद्यालय दङ्गाली गाउँ र जनता आधारभूत विद्यालय मानेडाँडमा पनि विगतदेखि नै वितरण हुँदै आएको छ । यसपटक चाँडै उपलब्ध गराउने तयारी भैरहेको उनले बताईन् । खत्रीले राजेन्द्र बहादुर अम्विका खत्री निजी ट्रष्ट स्थापना गरी शारदा मावि पोखरी, सरस्वती मावि चैनपुर, शारदा मावि खराङ र वाणिविलास मावि लुहाकोटका विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको बताए । उक्त प्रस्तावित ट्रष्टका नामबाट खत्रीले निजी लगानीमा विगत ७, ८ वर्षदेखि निरन्तर रुपमा विद्यालयहरूमा किताब, कापी, पेन्सिल, झोला, पोशाक, जुत्ता, ट्र्याकसुट, स्वेटर जस्ता विद्यार्थीले प्रत्यक्ष उपभोग गर्ने सामग्रीहरूको वितरण गर्दै आएका छन् । यसका साथै उनले यस अघि करिब ११ लाख लागतमा तीन कोठे भवन निर्माण गरेर सहयोग विद्यालयलाई सहयोग गरेका छन् । शैक्षिक विकासका लागि दान दातव्य लिने दिने परम्परागत पद्दतिलाई प्रोत्साहित गर्ने र शिक्षा विकासको लगानीमा यस्तो योगदानलाई पनि जोड्दै जानुपर्ने शिक्षक सेवा आयोगका उपसचिव गेहनाथ गौतमले बताए । अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरत खड्काले यसरी भएको सहयोगले गर्दा विद्यालय सञ्चालन गर्न सजिलो भएको र बालबालिकालाई पठनपाठनमा पनि प्रोत्साहन मिलेको बताए ।

    images
    सोमवार, माघ १४ २०८१०६:०८:२४

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल