शनिवार, माघ १७ २०७७
सामान्यतया २१ वा २३ डिसेम्बरका दिन सबैभन्दा छोटो दिन हुन्छा। यद्दपी उक्त दिन कहिलेकाहिं २० डिसेम्बरमा पर्न सक्ने बताइन्छ । त्यसदिन पृथ्वीको उत्तरी गोलाद्र्धमा दिन छोटो र दक्षिणी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी र पूर्वी दुबै गोलाद्र्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ ।


२२ डिसेम्बरको दिन वर्षको सबैभन्दा छोटो दिन र्योदय बिहान ६ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुन्छ | यस आधारमा १० घण्टा २४ मिनेटको दिन हुन्छ । कहिलेकाहीँ नेपालमा भने सूर्योदय र सूर्यास्तको समयको आधारमा २१ डिसेम्बरमै छोटो दिन परेको देखिन्छ ।
सबैभन्दा लामो दिन हुने जुन २१ मा सूर्यको प्रकाश साढे २३ डिग्री उत्तरी अक्षांश अर्थात् कर्कट रेखामा पर्न जान्छ, त्यसैले त्यस दिन पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो हुने तथा रात छोटो हुने गर्छ ।नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुने जानकारी दिइएको छ ।

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । खगोलाशात्र का अनुसार त्यसदिन काठमाडौंमा ५ बजेर ९ मिनेट जाँदा सुर्योदय हुन्छभने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुन्छ ।

मार्च २१ र सेप्टेम्बर २३ मा सूर्यको प्रकाश सिधा भू–मध्य रेखामा पर्न जान्छ र दिन र रात बराबर हुन्छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल