Oct 29 2026 | २०८३, कार्तिक १३गते

बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो

बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो

  • शनिवार, माघ १७ २०७७

  • 1.5K
    SHARES

  • बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो

    एजेन्सी
    काठमाडौं, पुस २२ गते । अमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन् ।
    नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा सो ग्रह पत्ता लागेको होनोलुलुमा सोमबार आयोजित अमेरिकी एस्ट्रोनोमी सोसाइटिको २३५औं बैठकमा जानकारी गराइएको हो ।
    पृथ्वीकै आकारको टीओआई ७०० नाम दिइएको सो ग्रह डोराडो कन्ष्टिलेशनमा पर्ने र उक्त ग्रह सानो तथा सुन्दर हुनुका साथै सूर्यको आकारभन्दा ४४ प्रतिशत मात्र रहेका जनाइएको छ ।
    सो ग्रहलाई तीनवटा ताराले परिक्रमा गरी रहेको र त्यसमा तरल अबस्थामा नै पानी सतहमा रहेको अनुमान गरिएको छ । साथै उक्त ग्रहमा अक्सिजन भए नभएको बारे भने अध्ययन हुन बाँकी रहेको छ ।
    नासाले स्पिटजर स्पेस टेलिस्कोपको सहयोगले सो ग्रह रहेको सुनिश्चित गरिएको र ग्रह मानव बसोबासका लागि उपयुक्त भए नभएको भन्ने बारे थप अध्ययन आवश्यक रहेको बताइएको छ । सीएनएन


    images
    शनिवार, माघ १७ २०७७१२:४४:४५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल