Oct 29 2026 | २०८३, कार्तिक १३गते

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने

टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने

  • शुक्रवार, माघ १६ २०७७

  • 1.1K
    SHARES

  • टेक्सास कलेजले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने

    टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले कलेजलाई डिजिटल बनाउने उद्देश्यले गुरूचेला सफ्टवेयर प्रयोग गर्ने भएको छ । एक्सटेन्ड बिजनेस सलुसन्स (एक्सविएस) ले विकास गरेको उक्त सफ्टवेयर प्रयोग गर्न टेक्सास कलेजले सो कम्पनीसंग सम्झौता गरेको छ ।

    सम्झौतामा टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल र एक्सटेन्ड बिजनेस सलुसन्सका प्रबन्ध निर्देशक चिरञ्जिवी अधिकारीले शुक्रवार हस्ताक्षर गरेका छन् ।

    डिजिटल स्कूल प्रासंगिक सफ्टवेयर र सम्बन्धित टेक्नोलोजीहरूको प्रयोगमार्फत सम्पूर्ण शैक्षिक क्षेत्रलाई पूर्ण रूपमा सशक्त बनाउन एक्सटेन्ड बिजनेस सलुसन्सद्वारा लिइएको प्राथमिकतामध्ये एक हो।

    गुरुचेला नामक एकेडेमिक ईआरपी सफ्टवेयरमार्फत पूर्ण डिजिटल स्कूल संचालन गर्न सकिन्छ । एक्सबीएसले यसको राष्ट्रिय नेटवर्कमार्फत नेपालका विश्वविद्यालय, कलेज र स्कूलहरूको लागि लागत–प्रभावी र पूर्ण रूपले कार्यात्मक शैक्षिक ईआरपी सफ्टवेयर प्रदान गर्नेछ।

    एक्सविएसले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा नेपालका मोडेल स्कूलहरूलाई सफ्टवेयरको मूल्यमा अनुदान दिने योजना बनाएको छ।

    कम्पनीका अनुसार स्कूल व्यवस्थापन सफ्टवेयर माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूको व्यवस्थापन गर्न सघाउने छ । महामारीका कारण शैक्षिक संस्था सञ्चालनमा समस्या देखिएको बेला गुरुचेलाले अभिभावक आफ्ना छोराछोरीको दिनचर्या, विद्यालयका गतिविधि, सूचना प्रणाली, शैक्षिक क्यालेन्डर, पुस्तकालय, पुस्तक उपलब्धता, सूचनालगायतका जानकारी उपलब्ध गराउने छ ।

    यस्तै शुल्क, परीक्षा रिपोर्ट, उपस्थिति रिपोर्ट, प्रगति रिपोर्ट ,व्यवस्थापन रिपोर्ट, होस्टल शुल्क, मासिक शुल्क, यातायात शुल्क, अनलाइन कक्षा, विद्यार्थी र शिक्षकको उपस्थिति, अभिभावक, शिक्षक कुराकानी, शिक्षण सामग्री, विषयहरु, पाठ, ईपुस्तक, अडियो, भिडियो, असाइनमेन्ट, गृहकार्य, परियोजना कामलगायतका सबै कुराहरूको ब्यवस्थापन गर्दै आएको छ ।

    सलुसन्सले २० भन्दा बढी विद्यालयमा गुरूचेला सफ्टवेयर उपलब्ध गराइसकेको छ । टेक्सस कलेज यो सफ्टवेयर प्रयोग गर्ने पहिलो सूचना प्रविधि अध्यापन हुने कलेज हो ।

    इडीयुपत्र बाट 

    images
    शुक्रवार, माघ १६ २०७७०७:२५:४९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल