Oct 29 2026 | २०८३, कार्तिक १३गते

नागरिक एप प्रयोग गर्न निःशुल्क मोबाइल डेटा प्रदान गरिने !

नागरिक एप प्रयोग गर्न निःशुल्क मोबाइल डेटा प्रदान गरिने !

  • शुक्रवार, माघ ९ २०७७

  • 1.5K
    SHARES

  • नागरिक एप प्रयोग गर्न निःशुल्क मोबाइल डेटा  प्रदान गरिने !

    काठमाडौं । सरकारले परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपका लागि आवश्यक डेटा निःशुल्क रुपमा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो |

    निःशुल्क मोबाइल डेटाका लागि आवश्यक पहल मन्त्रालयले छुट्टै समिति समेत गठन गरिसकेको छ । यसका लागि नेपाल टेलिकमलाई सर्भरको डिटेल समेत उपलब्ध गराइसकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    एनटीसीका ग्राहकहरुले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन निक्र्यौल गर्न सक्नेछन् ।

    साथै एनसेलको सिस्टम समेत नागरिक एपमा यस अघि नै आवद्ध भइसकेकाले डेटा निःशुल्क गराउन प्राविधिक रुपमा खासै समस्या नरहेको बताइएको छ । नागरिक एप चलाउँदा मोबाइल डेटाको शुल्क नलाग्ने व्यवस्था गर्न सेवाप्रदायकसँग छलफल समेत अगाडि बढिसकेको छ ।

    यो सुविधा सुरु भएको खण्डमा नागरिक एपमा उपलब्ध सेवा प्रयोग गर्न आवश्यक मोबाइल डेटा निःशुल्क रुपमा प्राप्त हुनेछ । यद्यपी एप डाउनलोड गर्न गुगल तथा एप्पलको सिस्टममा जानुपर्ने भएकाले त्यसमा भने शुल्क लाग्नेछ ।

    ‘डाउनलोड गरिसकेपछि एप चलाउँदा भने शुल्क नलाग्ने व्यवस्था गर्ने भनिएको हो,’ मन्त्रालय निकट स्रोतले टेकपानासँगको कुराकानीमा भन्यो, ‘यद्यपी कहिलेदेखि यसको सुरुवात हुन्छ भन्ने कुरा चाहिँ अहिले नै यकिन साथ भन्न सकिने अवस्था छैन ।’


    नेपाल टेलिकमले यसका लागि आवश्यक गृहकार्य सुरु गरिसकेको छ । प्राविधिक रुपमा आवश्यक तयारी पुरा गरेर अर्को सातासम्म टेलिकमले नागरिक एपका लागि निःशुल्क डेटा उपलब्ध गराउने अपेक्षा गरिएको छ । 

    अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

    पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ ।

    साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।

    एनसेलले भने एपका लागि निश्चित महिनासम्म मात्र डेटा फ्री उपलब्ध गराउन सकिने प्रतिक्रिया दिएको छ । जसका कारण एनसेलसँगको छलफल अझै निश्कर्षमा पुगिनसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

    नागरिक एपमा सबै नागरिकको सहज पहुँच स्थापित गर्ने उद्देश्यका साथ यस्तो प्रयास अगाडि बढाइएको हो । त्यसो त नेपाल टेलिकमले डट जीओभी डट एनपी जोडिएका सरकारी वेबसाइटहरु प्रयोग गर्दा मोबाइलमा डेटा शुल्क लाग्दैन ।

     

    images
    शुक्रवार, माघ ९ २०७७०७:०३:४७
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल