Oct 28 2026 | २०८३, कार्तिक १२गते

अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक-कर्मचारीबाट साढे १६ करोड असुल

अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक-कर्मचारीबाट साढे १६ करोड असुल

  • 397
    SHARES

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक-कर्मचारीबाट साढे १६ करोड असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक र कर्मचारीबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।

    त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट उक्त रकम असुल गरिएको हो।

    विश्वविद्यालयका अनुसार अध्ययन बिदाका क्रममा प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना जोडेर सम्बन्धित शिक्षक तथा कर्मचारीबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको छ।

    त्यस्तै, थप घटनाको विवरण संकलन तथा अभिलेख खोजी गर्ने काम भइरहेको त्रिविले जनाएको छ। हालसम्म हिसाबकिताब तयार भएका अन्य अवस्थासहित करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने रकम देखिएको विश्वविद्यालयले जनाएको छ।

    सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गरी विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम निर्धारण गर्ने र असुलउपर गर्ने प्रक्रिया जारी रहेको त्रिविले जनाएको छ।

    त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। उनीहरूले studyleave@tu.edu.np मार्फत पनि सम्पर्क गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले जनाएको छ।

    images
    सोमवार, आश्विन १२ २०८३०८:५९:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल