Oct 29 2026 | २०८३, कार्तिक १३गते

वाईफाईकाे आविस्कारक काे हुन् ?

वाईफाईकाे आविस्कारक काे हुन् ?

  • बिहिवार, माघ १ २०७७

  • 1.8K
    SHARES

  • वाईफाईकाे  आविस्कारक काे हुन् ?

    अहिले हामी वाईफाईको माध्यमबाट सजिलै ल्यापटप, मोबाइल, ट्याब्लेट, स्पीकर, घडी जस्ता थुप्रै स्मार्ट उपकरणहरुमा इन्टरनेट चलाउँछौ। यस्ता सबै उपकरणमा वाईफाई रहेको हुन्छ। वाईफाईले हामीलाई धेरै सहज बनाइदिएको छ। तर हामीमध्ये धेरैलाई वाईफाईको आविस्कार कसले गरेको हो भन्ने थाहा नहुनसक्छ।


    वाईफाईको आविस्कारक निकोला टेस्ला हुन्। उनको देनले नै आज हामी वायरलेस कम्यूनिकेसनमा यहाँसम्म आइपुगेका छौँ।

    पहिले अस्ट्रियाको राज्य र हालको क्रोएसियामा जन्मेका तर अमेरिकन नागरिक निकोला टेस्ला १० जुलाई, १८५६ मा जन्मेका हुन्। उनी मेकानिकल र इलेक्ट्रिकल इन्जिनियर, भौतिकशास्त्री र भविष्यविद् थिए र उनलाई धेरैले पागल बैज्ञानिक पनि भन्थे।

    उनले आफ्नो जीवनकालमा धेरै आविस्कारहरु गरेका छन्।
    उनले गरेका महत्वपूर्ण कामहरुः
    –वायरलेस कम्यूनिकेसन
    –रेडियो
    –रिमोट कन्ट्रोल
    – निओन लाइट
    – रडार र एक्स रे
    –अल्टरनेटिभ करेन्ट (एसी)
    –लेजर
    –इन्डक्सन मोटर आदी थुप्रै आविस्कारहरु हुन्।

    निकोला टेस्लाले कुनै कुरा सोचेभने त्यसलाई कागजमा नउतारी सिधै आविस्कार गर्थे। उनलाई त्यो समयमा पनि ८ भाषाहरु आउँथ्यो र उनका काममा डिस्टर्ब नहोस भनेर उनलै बिहा पनि गरेनन्।

    उनको मृत्यू सन् १९४३ को ज्यानुअरी महिनाको ७ तारिखमा न्यू योर्कर होटलमा भएको थियो। उनको मृत्यू हुँदा उनीसँग कोही पनि थिएन र उनको शव होटलमा काम गर्ने महिलाले भटेकी थिइन। हाल उनको नाममा धेरै चीजहरुको नामाकरण गरिएको छ।

    6.-Settings.jpg

    निकोला टेस्ला एवार्ड, टेस्ला मोटर्स ( अमेरिकाको कार कम्पनी), निकोला टेस्ला दिवस (क्रोएसियामा जुलाई १० मा), बेलग्रेड निकोला टेस्ला एयरपोर्ट, निकोला टेस्ला म्यूजियम, टीपीपी निकोला टेस्ला (सर्वियाको ठूलो पावर प्लान्ट), टेस्ला (चन्द्रमाको क्रेटरको नाम), २२४४ टेस्ला ( सामान्य ग्रहको नाम) आली थुप्रै चीजहरु उनको नाममा राखिएको छ।

    images
    बिहिवार, माघ १ २०७७०८:२४:३४
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल