Oct 29 2026 | २०८३, कार्तिक १३गते

सूचना प्राविधि

चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.8K
    SHARES

  • चन्द्रमामा फोर जी इन्टरनेट पुर्‍याउँदै नोकिया

    फिनल्याण्डको कम्पनी नोकियाले चन्द्रमामा फोर जी नेटवर्क स्थापना गर्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासासँग एक ऐतिहासिक सम्झौता गरेको छ । नोकियाले चन्द्रमामा फोर जी सेल्युलर कम्युनिकेसन नेटवर्क स्थापनाको एक परियोजनामा काम सुरु गरिसकेको छ । नासाले अमेरिकास्थित नोकियाको शाखासँगै अन्य १३ वटा अमेरिकी कम्पनीहरुलाई समेत चन्द्रमामा फोरजी स्थापना गर्ने कार्यक्रमका लागि आफ्नो साझेदारको रुपमा छनोट गरेको छ । चन्द्रमामा फोरजी नेटवर्क प्रणाली स्थापना गर्नका लागि नासाले ३७ करोड अमेरिकी डलर खर्च गर्नेछ । त्यसमध्ये नोकियाले १ करोड ४१ लाख डलर पाएको छ । नोकियाले विकसित गरेको फोर जी नेटवर्क प्रणालीले चन्द्रमाको सतहमा अधिकतम दुरी समेट्ने तथा तीव्र गतिको इन्टरनेट उपलब्ध गराउने बताइएको छ । नासाका अनुसार चन्द्रमामा स्थापना हुने फोर जी नेटवर्क अन्तरीक्षमा विकसित हुने पहिलो फोर जी कम्युनिकेसन सिस्टम हुनेछ । नोकियाको अनुसन्धान विभागको रुपमा रहेको बिल ल्याब्सले आफ्नो ट्वीटर मार्फत यस विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छ । चन्द्रमामा फोरजी नेटवर्क स्थापना भएसँगै त्यसले चन्द्रमामा पुग्ने अन्तरीक्षयान तथा अन्तरीक्षयात्रीहरुसँगको सञ्चारलाई प्रभावकारी बनाउनुका साथै चन्द्रमाबाट उच्चगुणस्तरीय भिडियोहरु समेत प्रशारण गर्न सकिनेछ । यद्यपि चन्द्रमामा फोर जी नेटवर्क लैजानका लागि नोकियाले गरेको यो पहिलो कोसिस भने होइन । जर्मनीको भोडाफोन कम्पनीसँग सन् २०१८ मा नोकियाले यस्तै खालको एक साझेदारी परियोजनाको घोषणा गरेको थियो । त्यतिबेला सन् २०१९ सम्ममा चन्द्रमामा फोर जी इन्टरनेट प्राप्त हुने दाबी नोकियाको थियो । तर भोडाफोन र नोकियाबीचको उक्त साझेदारी अगाडि बढ्न सकेन । एजेन्सी

    images
    मंगलवार, कार्तिक ४ २०७७०६:००:१९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल