Oct 29 2026 | २०८३, कार्तिक १३गते

२०७० - ७२ सालमा पीएचडी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविले गर्यो यस्तो सूचना जारी

२०७० - ७२ सालमा पीएचडी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविले गर्यो यस्तो सूचना जारी

  • 955
    SHARES

  • २०७० - ७२ सालमा पीएचडी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविले गर्यो यस्तो सूचना जारी

    IMG_20240424_105517.pngकाठमाडौँ । बैशाख १२, त्रिभुवन विश्वविद्यालयले २०७०-७२ सालमा विद्यावारिधी (पीएचडी) कार्यक्रममा भर्ना भएका शोधार्थीहरुले २०८३ सालभित्र शोधप्रबन्ध पेस गर्न र पूर्व कार्यसमीक्षा लगायतका कार्यक्रम सम्पन्न गर्न सूचना प्रकाशित गरेको हो। मानविकी तथा सामाजिक शास्त्र संकाय, डिनको कार्यालय अन्तर्गत सञ्चालित विद्यावारिधी कार्यक्रममा सहभागी शोधार्थीहरुका लागि त्रिविले सो सूचना प्रकाशित गरेको हो । सो कार्यक्रम अन्तर्गत २०७० सालमा भर्ना भएका शोधार्थीहरुले विद्यावारिधी तहको शोधप्रबन्ध २०८२ चैत्र मसान्तभित्र पेस गर्ने समयसीमा तोकिएको छ भने २०७१ सालमा भर्ना भएका शोधार्थीहरुका लागि २०८३ चैत्र मसान्तभित्र पेस गर्ने समयसीमा तोेकिएको छ । त्यस्तै २०७२ सालमा भर्ना भएको शोधार्थीहरुले २०८१ चैत्र मसान्तसम्मा पूर्वकार्य समीक्षा र विभागीय गोष्ठी सम्पन्न गरी शोध निर्देशक तथा सहसोधनिर्देशक तोक्ने समयसीमा तोकिएको छ ।  २०८० चैत २२ गते बसेको अनुसन्धान समितिको बैठकले उल्लेखित कार्यक्रम तय गरिएको २०८१ वैशाख ७ गते डिनको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

    images
    बुधवार, बैशाख १२ २०८११०:५५:१३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल