बिहिवार, चैत्र २२ २०८०
पोखरा । चैत्र २२,गण्डकी प्रदेश स्थित पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको हो । १ सय सैयासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी प्राबधान रहेको छ । सो भन्दा माथि संचालनको अनुमति भने सङ्घ सरकारले दिने ब्यबस्था छ। प्रचलित कानुनी सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिएका हुन । शर्माका अनुसार सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने पनि जानकारी गराएका छन् । ‘शिक्षण अस्पताल सञ्चालनका लागि निवेदन आएपछि मन्त्रालय र निर्देशनालयको टोलीले पटक पटक मसिनो स्थलगत अनुगमन गरेको छ,’ उनले भने, ‘अनुगमन प्रतिवेदनकै आधारमा अनुमति दिइएको हो ।’ अनुमति दिनुअघि जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत सर्तहरू अघि सारेको छ । अघि सारेका सम्पुर्ण सर्त पालना गर्न सहमत भएपछि अनुमति दिइएको हो । विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो । अहिले ओपीडी सेवा चलिरहेको छ । जम्मा ३० जना स्वास्थ्यकर्मीहरुबाट सेवा प्रबाह गरिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिएका हुन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल