शुक्रवार, आश्विन ९ २०८३
काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले शैक्षिक सत्र २०८२ का प्रथम वर्षका सम्पूर्ण स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकको शैक्षिक तथा क्लिनिकल गतिविधि तत्कालका लागि स्थगित गरेको छ।
कलेज प्रशासनले बिहीबार सूचना जारी गर्दै कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीलगायत सबै गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको हो।
कलेजले हालको शैक्षिक तथा संस्थागत अवस्थालाई ध्यानमा राख्दै प्रथम वर्षका आवासीय चिकित्सकलाई फिर्ता बोलाइदिन त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानसँग औपचारिक अनुरोधसमेत गरेको जनाएको छ।
यस्तै, कलेजले प्रथम वर्षका सबै पीजी आवासीय चिकित्सकलाई सूचना जारी भएको १२ घण्टाभित्र छात्रावास, क्वार्टर वा अन्य आवासीय सुविधा खाली गर्न निर्देशन दिएको छ।
चिकित्सकहरूले कलेजको स्वामित्वमा रहेका सम्पूर्ण सामग्री छात्रावास वा प्रशासन कार्यालयमा बुझाउनुपर्ने तथा आफ्ना व्यक्तिगत सामानसमेत तोकिएको समयभित्र आवासीय परिसरबाट हटाउनुपर्ने सूचनामा उल्लेख छ।
कलेज प्रशासन तथा प्रधानाचार्य कार्यालयले अर्को सूचना जारी नभएसम्म लागू हुने उक्त निर्णयको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरे
को छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल