Oct 29 2026 | २०८३, कार्तिक १३गते

भयो शिक्षामन्त्री र विद्यार्थी सङ्गठनहरू बिच छलफल

भयो शिक्षामन्त्री र विद्यार्थी सङ्गठनहरू बिच छलफल

  • 871
    SHARES

  • IMG_20240331_080636.jpgकाठमाडौँ ।चैत्र,नवनिर्वाचित शिक्षा मन्त्री सुमना श्रेष्ठ आफुले समाजिक संजालमार्फत आफुले नेपालि राजनितिक परिवर्तनमा निकै पुरानो इतिहास बोकेको विद्यार्थी सङ्गठनहरु प्रति बिबादास्पद धारणाका राखेको कारण चौतर्फी आलोचन खेप्दै आएकि हुन् । विभिन्न सरोकारवालाहरूसँग छलफल गर्ने क्रममा शनिबार विद्यार्थी सङ्गठनहरूसँग छलफल गरिएको हो। छलफलका क्रममा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव मागेकी थिइन्। देशको समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको हो। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा,अनेरास्ववियुका अध्यक्ष समिक बडाल,अखिल क्रान्तिकारीका इन्द्र भुसाल र पवन कार्की, अनेरास्ववियूका नरेश न्यौपाने, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका हिमांशु, लोकतान्त्रिक विद्यार्थी सङ्गठनका समर साह, राप्रविसंका मदन शाही लगायत सहभागी थिए।    उक्त छलफलमा विद्यार्थी सङ्गठनहरूले शिक्षामन्त्री श्रेष्ठलाई विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिमार्जन गर्न, राजनीतिक भागबन्डा बन्द गर्न, विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू गर्न, निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्न, निजी विद्यालयहरूमा छात्रवृत्ति र शुल्क अनुगमन गरी समान शिक्षा लागु गर्न जस्ता महत्वपूर्ण सुझाव दिएका थिए।

    images
    आइतवार, चैत्र १८ २०८००८:१४:३७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल