Oct 29 2026 | २०८३, कार्तिक १३गते

बिदेशी शिक्षालाई विरोध मात्र होइन सदुपयोग गर्न जोड

बिदेशी शिक्षालाई विरोध मात्र होइन सदुपयोग गर्न जोड

  • 835
    SHARES

  • international-student-picture-unsplash-credit-javier-trueba.jpgकाठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रम सम्पन्न भएको छ । चैत्र ६ सोमबार काठमाडौंको होटल म्यारियटमा आयोजित एडुक्लेभको दोस्रो संस्करणमा विभिन्न विषयमा प्यानल डिस्कसन सहित समापन भएको हो । वक्ताहरूले ज्ञान, अर्थतन्त्र र नेपालको उद्यमशीलता पहिचान विषयमा आ–आफ्ना निकै नै प्रभावकारी धारणा प्रस्तुत गरेका थिए । परामर्श क्षेत्रका लागि छुट्टै ऐन र मुलुकमा शैक्षिक जनशक्तिहरूका लागि अवसर सृजना गरेर बिदेसिएका युवा शक्तिलाई स्वदेश फर्काउनु पर्ने आजको टड्कारो आवस्यकता बनेकोमा पनि विशेष जोड दिइएको थियो । ‘द पोलिसी डायलग’ नाम को यो दोस्रो संस्करणको एडुक्लेभमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले यस क्षेत्रको सम्भावना दिगो व्यवस्थापन साथै सुधारको लागि शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको विचार उनले व्यक्त गरेका थिए । नेपालमा हाल पाँच हजार एजुकेसन कन्सल्टेन्सी रहेको र त्यसबाट ७० हजार बढीले रोजगार पाएको उनको दाबी थियो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्ने बताएका थिए । गिरी का अनुसार परामर्श क्षेत्रका लागि यस सम्बन्धी ऐन आवश्यकताको विषयलाई मध्यनजर गर्दै ऐन बनाउन आफूले सक्दो पहल गर्ने उनको भनाई थियो। नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भन्छन नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीहरूले स्वदेशमा होस या विदेशमा प्रत्येक व्यक्तिले आफ्नो इच्छा अनुसारको शिक्षा पाउनु पर्ने कुरामा जोड दिँदै नेपाली विद्यार्थीहरूलाई ज्ञान, सिप र एक्सपोजर दिलाउने कार्यमा सहयोग गरेकोमा इक्यानको खुलेर प्रशंसा गरे । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले सरकारले ल्याएको शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नु पर्नेमा जोड दिए । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको भविष्य सेवा उद्योगमा रहेको बताए । उनका अनुसार स्वदेश तथा विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूको आईटी क्षेत्रमा निकै राम्रो भविष्य रहेको र आइटी विद्यार्थीहरूले उत्पादन गरेको सफ्टवेयर वार्षिक ७० अर्बभन्दा बढी निर्यात गरिरहेको बताउँदै स्टार्टअपका लागि चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरेको पनि बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हाम्रा नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि शैक्षिक परामर्श संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गरे । श्रेष्ठ भन्छ्न, ‘परामर्श संस्थाहरूलाई विभिन्न आरोप पनि लागेका छन् तथापि युवाहरूको भविष्य सुनिश्चित बनाउन परामर्श संस्था लागिरहेका छन् ।’ त्यस्तै, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले गहिरो संग बुझ्न आवश्यक रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बन्ने हो भने बिदेसिएका धेरै प्रतिशत युवाहरू स्वदेश मै फर्किने बताए । काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाडौंको होटल म्यारियटमा आयोजित एडुक्लेभको दोस्रो संस्करणमा विभिन्न विषयमा प्यानल डिस्कसन सहित समापन भएको हो । वक्ताहरूले ज्ञान, अर्थतन्त्र र नेपालको उद्यमशीलता पहिचान विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । परामर्श क्षेत्रका लागि छुट्टै ऐन र मुलुकमा शैक्षिक जनशक्तिहरूका लागि अवसर सृजना गरेर बिदेसिएका युवा शक्तिलाई स्वदेश फर्काउनु पर्नेमा पनि विशेष जोड दिइएको थियो । ‘द पोलिसी डायलग’ नाम दिइएको दोस्रो संस्करणको एडुक्लेभमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले यस क्षेत्रको दिगो व्यवस्थापन साथै सुधारको लागि शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको विचार व्यक्त गरेका थिए । नेपालमा हाल ५ हजार एजुकेसन कन्सल्टेन्सी रहेको र त्यसबाट ७० हजार बढीले रोजगार पाएको उनको दाबी थियो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्ने बताएका थिए । परामर्श क्षेत्रका लागि यस सम्बन्धी ऐन आवश्यकताको विषयलाई मध्यनजर गर्दै ऐन बनाउन आफूले सक्दो पहल गर्ने उनको भनाई थियो । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीहरूले स्वदेशमा होस या विदेशमा प्रत्येक व्यक्तिले इच्छा अनुसारको शिक्षा पाउनु पर्ने कुरामा जोड दिँदै नेपाली विद्यार्थीहरूलाई ज्ञान, सिप र एक्सपोजर दिलाउने कार्यमा सहयोग गरेकोमा इक्यानको प्रशंसा गरे । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले सरकारले ल्याएको शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नु पर्नेमा जोड दिए । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको भविष्य सर्भिस इन्ड्रस्टीमा रहेको बताए । उनका अनुसार स्वदेश तथा विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूको आईटी क्षेत्रमा निकै राम्रो भविष्य रहेको र आइटी विद्यार्थीहरूले उत्पादन गरेको सफ्टवेयर वार्षिक ७० अर्बभन्दा बढी निर्यात गरिरहेको बताउँदै स्टार्टअपका लागि चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरेको पनि बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि शैक्षिक परामर्श संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गरे । उनले भने, ‘परामर्श संस्थाहरूलाई विभिन्न आरोप पनि लागेका छन् तथापि युवाहरूको भविष्य सुनिश्चित बनाउन परामर्श संस्था लागिरहेका छन् ।’ त्यस्तै, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले बुझ्न आवश्यक रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बने बिदेसिएका युवाहरू स्वदेश फर्किने बताए । रा स्व पा का सांसद मनिष झाले युवाहरू विदेश जानुलाई नकारात्मक रूपमा लिन नहुने बताए । उनले युवा पलायन हुनु गलत भए पनि अध्ययन र रोजगारीका लागि जानुलाई सकारात्मक रूपमा लिनुपर्ने विचार व्यक्त गरेकाछ्न। अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्लेले ३८ हजार नेपाली नर्सहरू बिदेसिए भनेर चिन्ता नगर्न आग्रह गर्दै नेपाली विद्यार्थीहरूले विश्वको जुनसुकै मुलुकमा पनि अवसर पाउने भएकाले नर्स तथा विद्यार्थीहरू बिदेसिँदा खुसी हुनुपर्ने विचार व्यक्त गरेकाछ्न। शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले करिब अबको १ महिना भित्र मन्त्रिपरिषद्मा शिक्षा विधेयक टेबुल गर्ने जानकारी दिए । शिक्षा क्षेत्रका विज्ञहरूलाई समेटेर नै काम गरिरहेको र छिट्टै मन्त्रिपरिषद्मा शिक्षा विधेयक टेबुल गर्ने उनको भनाई थियो । साथै उनले अब एनओसी २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । यसो गर्नु के नेपाली विद्यार्थीहरु लाइ बिदेशी बजारमा निर्यातको लागि प्रोत्साहन गर्नु हो। २४ घण्टा भित्र एनओसी होइन नेपाल मै अध्यन गरेर आफ्नै देशमा रहन सक्ने शिक्षा प्रणाली लागु हुनु पर्छ। भन्दै विभिन्न विद्यार्थी संघसंगठनहरु को आलोचना सहितको बिरोध छ।

    images
    बुधवार, चैत्र ७ २०८००८:०९:४३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल