Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

  • सोमवार, पौष २० २०७७

  • 1.6K
    SHARES

  • त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

    त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, “पाँच सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइनेछ । ” उनले उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने जानकारी दिए ।

    विश्वविद्यालयले परीक्षा प्रणालीमा पनि आवश्यक सुधार हुँदै गएको चर्चा गर्दै उपकुलपति बाँस्कोटाले भने, “यो अवस्थामा विश्वविद्यालयमा सेवा प्रवेश गर्ने प्राध्यापकको गुणस्तर, सेवा प्रवेश गर्ने माध्यम तथा प्रक्रियाबारे चनाखो हुनुपर्ने अवस्था छ । ”

    उनले कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने योजना सुनाउँदै यसका लागि दरबन्दी सङ्कलनको अन्तिम चरणको काम भइरहेको बताए । यसका साथै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दीसमेत सङ्कलन गर्ने काम भइरहेको छ ।

    अब विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने भएको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

     

    images
    सोमवार, पौष २० २०७७०८:४६:३१
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल