शनिवार, चैत्र ३ २०८०
काठमाडौँ । चैत्र,३ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा(३१ गते) त्रुटि भेटिएपछि पनिकाले सच्याएर तालिका पुनः सार्वजनिक गर्ने परेको हो। गत शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत्र २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत्र ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत्र महिना ३० गतेसम्म मात्रै छ। यस किसिमको त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट सो तलिका हटाएको थियो। आज चैत्र ३ मा पुनः तालिका सच्याएर सार्वजनिक गरेको हो । यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ। परीक्षा दिनको ठिक १२ बजेदेखि ३ बजेसम्म हुने पनिकाले नयाँ तालिका द्वारा सूचना जारीगरेको छ। परीक्षामा समाबेश हुने केही विद्यार्थीको परीक्षा आवेदन फाराम छुटेको पाइएकाले चैत ८ गतेभित्र उक्त फारम भर्न समय दिएको छ। उक्त समयभित्र दोब्बर दस्तुर तिरेर सम्बन्धित क्याम्पसमार्फत परीक्षा आवेदन फाराम बुझाउनुपर्ने पनिकाले जनाएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल