Oct 29 2026 | २०८३, कार्तिक १३गते

महाशिला गा.पा ले दियो उच्च शिक्षा पढ्ने बिद्यार्थीहरु लाइ अनुदान

महाशिला गा.पा ले दियो उच्च शिक्षा पढ्ने बिद्यार्थीहरु लाइ अनुदान

  • 760
    SHARES

  • FB_IMG_1710048252325.jpgपर्वत । नेपाल सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आएको छ । उच्च शिक्षा अध्यनका लागि भने विद्यार्थीले शुल्क तिर्नु पर्ने व्यवस्था छ । आर्थिकरुपमा सबल विद्यार्थीले शुल्क तिरेरै भए पनि गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् । आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाई छाडेर बस्नुपर्ने वा विदेश पलायन हुने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै पर्वतजिल्लाको महाशिला गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराइ प्रसंसनिय कार्य सुरु छ।

    पालिकाको यो किसिमको कार्यले अध्यनप्रति रुचि भएका तर आर्थिक कारणले गर्दा पढाई बाट बन्चित भएका विद्यार्थीहरु को पढेर आफ्नो देशमा केहि गर्छौं भन्ने सपना साकार हुने पालिकाको भनाइ छ। उच्च शिक्षामा प्राबिधिक र आत्मनिर्भर योग्य विषय लिएर पढ्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा मुलुकमा मात्र हैन पालिकामा पनि आवश्यक दक्ष जनशक्तिको अभाव भएपछि अनुदान नै दिएर पढाउन सुरुगरिएको हो । दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षासम्म पढ्न प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीले भने बीचैमा पढाई छाडेर बस्नुपर्ने वा विदेश पलायन हुनु पर्ने बाध्यात्मक परिस्थिति लाइ मध्यनजर गर्दै पर्वतजिल्लाको महाशिला गा.पा.ले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउन सुरुगरेको छ । गाउँपालिकाले उच्च मा.वि र स्नातक वा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छुट्टाछुट्टै अनुदान दिने भएको हो । उच्च मा.वि मा गणित, विज्ञान तथा स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप वार्षिक रू ५० हजार उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार यस वर्ष विपन्न तथा जेहेन्दार ६ जना विद्यार्थीलाई उक्त अनुदान उपलब्ध गराइनेछ ।

    विपन्न तथा असहाय परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहुँच पुर्याउनका लागि इञ्जिनियरिङ, मेडिकल,भेटेनरी र कृषि विषयमा स्नातक तह अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुकलाई पनि अनुदान दिइने पराजुलीले बताए । “यस्ता विद्यार्थीलाई वार्षिक रू १ लाख अनुदान उपलब्ध गराइने छ । जतिसुकै सङ्ख्यामा भए पनि स्नातक तहका विद्यार्थीलाई अनुदान दिने छौँ”, उनले भने । आर्थिक अभावका कारण कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहोउन् भन्ने सकारात्मक उद्देश्यले विद्यार्थी अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । उनका अनुसार गाउँपालिकाले गत आइतबार सूचना जारी गरी १५ दिनभित्र इच्छुक विद्यार्थीलाई पालिकामा सम्पर्क गर्न आग्रह समेत गरिसकेको छ । अहिले पनि गाउँपालिकामा कृषि, पशु, स्वास्थ्यसम्बन्धी जनशक्ति र गणित तथा विज्ञान पढाउने शिक्षकको अभाव रहेको भन्दै यी विषय अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक रू १/१ लाखका दरले ४ वर्षसम्म अनुदान दिइने अध्यक्ष भुसालले जानकारी दिए । पालिकामा विज्ञान र गणित पढाउने शिक्षकको अभाव लामो समयदेखि टड्कारो रुपमा खड्किँदै आएको भन्दै बारम्बार सूचना जारी गर्दा पनि यी विषयका शिक्षकको पदपूर्ति गर्न नसकिएको अध्यक्ष भुसालको भनाइ छ । “पालिकाभित्रबाट उच्च शिक्षा पढ्ने विद्यार्थीलाई चार वर्षसम्म सहयोग गर्नेछौँ ।

    उक्त कार्यक्रम दक्ष जनशक्ति उत्पादन गर्न लागू गरिएको हो”, उनले भने । अनुदान लिने विद्यार्थीहरु संग पालिकाले एउटा सर्त भने गरेको छ उक्त सुविधा लिने विद्यार्थीले पढाइ सकिएपछि न्यूनतम दुई वर्ष पालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको गाउँपालिकाका अध्यक्ष भुसालले बताए । यस्तो अनुदानले विद्यार्थीलाई मासिक शुल्क भुक्तानी र स्टेशनरी खरिद लगायतमा सहजता हुने अपेक्षा पालिकाको छ । पछिल्ला केही वर्षयता गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धिलाई जोड दिँदै आएको छ । पालिकाका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पनि पठनपाठन थालिएसँगै विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

    महाशिला एकमात्र यस्तो पालिका हो जुन जिल्लाका सात पालिकामध्ये निजी विद्यालय नभएको महाशिला मात्रै रहेको अध्यक्ष भुसालले बताए । यो किसिमको कार्यले विद्यार्थीहरुमा पढाईप्रतिको अभिरुचि बढेर जाने र मुलुकले दक्ष जनशक्ति पाउने हुँदा आर्थिक अभावका कारण पढाई बाट बन्चित रहेका अन्य पालिकाहरु ले पनि विद्यार्थीहरु लाइ राहत मिल्ने यि र यस्तै विभिन्न कार्यक्रम ल्याउनु पर्छ भन्ने लागेको जनाएका छन।

    images
    आइतवार, फाल्गुण २७ २०८०१०:५८:०१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल