Oct 29 2026 | २०८३, कार्तिक १३गते

अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

  • 997
    SHARES

  • अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

    स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

     

    विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले जानकारी दिए ।

     

    अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी,युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटीअफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय र येउङ्नाम विश्वविद्यालयलगायत विश्वप्रख्यात विश्वविद्यालयहरूसँग यस बिचमा साझेदारी गरिसकिएको उनले बताए ।

     

    टर्कीको ओन्डोकुज मेइस विश्वविद्यालय, फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी, थाइल्याण्डको माथेरथ विश्वविद्यालय र भारतको दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयसँग सम्झौता गरिएको उनले बताए ।  गण्डकी विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य थप फराकिलो हुँदै गएको बताउँदै उनले अनुसन्धान, पाठ्यक्रम विकास, विद्यार्थी आदानप्रदान कार्यक्रमहरू र क्रेडिट ट्रान्सफर जस्ता विषय सम्झौतामा संलग्न रहेको बताए ।

     

    गण्डकी विश्वविद्यालय, विआइटी  कार्यक्रमको पाठ्यक्रम र युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीको आईटी कार्यक्रमका पाठ्यक्रमहरू एक अर्कासँग समायोजन गरि क्रेडिट ट्रान्सफर गर्न सकिने सम्झौता गरिएको छ ।

     

    अमेरिकी विश्वविद्यालयहरूसँगको सम्झौताले गण्डकी विश्वविद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीका लागि छात्रवृत्तिको र इन–स्टेट ट्युसनफीको अवसर प्रदान गरेको जनाइएको छ ।

    रोस्किल्ड विश्वविद्यालय, डेनमार्कको नेतृत्वमा र डेनिस स्वतन्त्र अनुसन्धान परिषद्को सहयोगको गोग्रीन अनुसन्धान परियोजनामा गण्डकी विश्वविद्यालयले प्रतिनिधित्व जनाउँदै आएको छ । गोग्रीन अनुसन्धान परियोजना विश्वभरका २८ देशका अनुसन्धान साझेदारहरूसँगै गरिने परियोजना हो ।

    विश्वविद्यालयले विलियमर मेरीसँग सिमसार संरक्षण र सामुदायिक सशक्तिकरण तथा हिप्सुंग विश्वविद्यालयसँग आइटी  व्यावसायिक शिक्षा र यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डसँग प्राकृतिक रेशामा आधारित हस्तकला क्षेत्रको विकासका लागि प्रभावकारी परियोजना साझेदारी गर्ने तयारी गरेको विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा विकास मामिला शाखाका प्रमुख रवि भण्डारीले जानकारी दिए ।

     

    images
    मंगलवार, माघ १६ २०८०१०:००:२४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल