Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविमा अनलाइन सुरु, १ हप्ताभित्रमै शैक्षिक प्रमाणपत्र पाइने

त्रिविमा अनलाइन सुरु, १ हप्ताभित्रमै शैक्षिक प्रमाणपत्र पाइने

  • 793
    SHARES

  • त्रिविमा अनलाइन सुरु, १ हप्ताभित्रमै शैक्षिक प्रमाणपत्र पाइने

    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा प्रवाह सुरु गरेको छ । उपकुलपति सिवलाल भुसालले एक कार्यक्रमकाबिच उक्त कार्यकाे सुरुवात गरेका हुन् । 

     
    त्रिवि पनिकाद्वारा प्रदान गरिने सेवाहरु ट्रान्सकृप्ट, प्रोभिजनल, प्रमाण-पत्र, मूल प्रमाण-पत्र, पुनर्योग र करेक्सनकाे कार्य अनलाइन मार्फत गरिनेछ । 
    त्यसका लागि tuexam.edu.np मा login गरी आवश्यक विवरण तथा प्रमाणहरु संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोबल आइ एम ई बैंक मध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिर्नुपर्नेछ।
    अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ । तर, काम भने कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमा चेक गर्नेछन्। ठिक भए ठिक छ नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइनेछ। 
     

    आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रक्रियामा संलग्न हुनेछ । त्यसैगरी सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइने व्यवस्था मिलाएको छ ।  

     

    प्रमाण-पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ । हाललाई आवेदन फारम भरेको मितिले सबै प्रक्रिया मिलेको खण्डमा एक हप्ता भित्र उपलब्ध गराइने छ । 

    काठमाडाैँ उपत्यका तथा पनिका वल्खु अर्न्तगतका सेवाग्राहीहरुले वल्खुबाटै संकलन गर्नुपर्ने छ । केही समयको लागि अनलाइन र अफलाइन दुवै माध्यमबाट सेवा प्रवाह गरिने छ र पूर्ण अनलाइन सेवा सञ्चालनको सूचना पुनः प्रकाशित गरिने छ ।

    दोस्रो चरणदेखि सम्बन्धित क्याम्पसबाटै प्रमाणपत्र संकलन गर्ने व्यवस्था गरिँदै जाने पनिकाले जनाएको छ। 

    FB_IMG_1706521902879

    images
    मंगलवार, माघ १६ २०८००९:५४:२७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल