बिहिवार, पौष १९ २०८०
पोखरा विश्वविद्यालय र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबिच एकापसमा शैक्षिक एवं अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यका साथ आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुङ्गेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टण्डनले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा पुनम टण्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवं अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा आ आफ्ना धारणा राखे ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल