बुधवार, मंसिर २० २०८०
त्रिभुवन विश्वविद्यालयका दीक्षान्त समारोह रोक्ने चेतावनी दिने कर्मचारीप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ। त्रिविले पुस २ गते दीक्षान्त समारोह गर्दै छ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले आफ्ना मागहरू सम्बोधन नगरिए दीक्षान्त समारोह रोक्ने चेतावनी दिएको छ। उक्त कदमप्रति अखिल कान्तिकारीले आपत्ति जनाएको हो।
अखिल क्रान्तिकारी त्रिवि जिल्ला अध्यक्ष प्रदीप भट्टले विज्ञप्ति जारी गर्दै उक्त कदम तत्काल रोक्न माग गरे।
विश्वविद्यालय विद्यार्थी, प्राध्यापक, कर्मचारी वर्गको साझा शैक्षिक थलो भएको भन्दै अध्यक्ष भट्टले ६४ वर्षको इतिहास बोकेको विश्वविद्यालय आज दिन प्रतिदिन कमजोर बन्दै गइरहेको बताए ।
शैक्षिक कार्यक्रमहरू बन्द हुने अवस्थामा पुगेको र विद्यार्थीहरूको चाख प्रतिदिन घट्दै गइरहेको उनको भनाइ छ।
कर्मचारी भएर कर्मचारीको काम, कर्तव्य, अधिकार प्रति बफादार भएर काम कारबाही गर्न खबरदारी गरेको छ । विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्ने कुचेष्टा गरे अखिल कान्तिकारीले त्यसको डटेर प्रतिकार गर्ने चेतावनी दिएको छ।
काम नगर्ने कर्मचारीहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न समेत आग्रह गरेको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल