बुधवार, भाद्र २० २०८०
त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीको आरम्भ गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले कीर्तिपुर स्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् । उपकुलपति प्रा.डा वास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीबाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गरे ।
त्रिवि समन्वय महाशाखाद्वारा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले त्रिविलाई कागजविहीन प्रशासनको रुपमा स्तरोन्नति गर्ने आफ्नो महत्त्वपूर्ण लक्ष्य पुरा भएको बताएका थिए ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्त्वपूर्ण प्रशासनिक उपलब्धि भएको भन्दै व्यवस्थित, सरल र समयानुकूल सेवाका माध्यामबाट त्रिविप्रतिको नकारात्मक धारणा परिवर्तन गर्नुपर्ने बेला आएको भन्दै सबै संयन्त्रहरुलाई सक्रियतापूर्वक विद्युतीय प्रणालीको प्रयोग गरी समयमै सवैप्रकारका सेवा दिने वातावरण मिलाउन त्रिवि क्रियाशील रहेको बताए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल