Oct 28 2026 | २०८३, कार्तिक १२गते

दुई नेपाली अनुसन्धानकर्ता ‘उत्कृष्ट शोधपत्र २०२२’ बाट सम्मानित

दुई नेपाली अनुसन्धानकर्ता ‘उत्कृष्ट शोधपत्र २०२२’ बाट सम्मानित

  • 1.1K
    SHARES

  • दुई नेपाली अनुसन्धानकर्ता ‘उत्कृष्ट शोधपत्र २०२२’ बाट सम्मानित

    इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) का दुई अनुसन्धानकर्तालाई उत्कृष्ट शोधपत्र २०२२ बाट सम्मानित गरिएको छ । अनुसन्धानकर्ताद्वय डा मन्दीप सुवेदी र सह प्राडा इन्द्र प्रसाद आचार्यको शोधपत्रले सन २०२२ को प्रतिष्ठित ‘उत्कृष्ट शोधपत्र’ अवार्ड प्राप्त गरेको हो ।

    अन्तर्राष्ट्रिय अनुसन्धान पत्रहरू प्रकाशन गर्दै आएको ‘स्प्रिंगर नेचर’ को जर्नल ‘जियो–इन्भाइरोमेन्टल डिजास्टर्स’ ले उक्त अवार्ड प्रदान गरेको हो । चीनको तोङ्जी युनिभर्सिटीले उक्त अवार्ड प्रदान गरेको हो ।  

    सुवेदी र आचार्यको उक्त शोधपत्रमा भूकम्पका कारण हुने माटोको तरलीकरण (लिक्विफ्याक्सन)ले काठमाडौंमा पार्न सक्ने जोखिमबारे अध्ययन गरिएको थियो । सुवेदीको पीएचडी थेसिसको एउटा भागको रुपमा रहेको उक्त अध्ययनका सुपरिवेक्षकको रूपमा प्राडा आचार्य थिए ।  

    भू-वैज्ञानिक अनुसन्धानको क्षेत्रमा गरेको योगदानको कदर गर्दै अनुसन्धानकर्ताहरुलाई उक्त अवार्ड प्रदान गरिएको हो । पुल्चोक इन्जिनियरिङ क्याम्पसका यी अनुसन्धानकर्ताहरूले नेपालको वैज्ञानिक समुदाय र यसको परिचय विश्वव्यापी रूपमा फैलाउन सफल भएका छन् ।

    अवार्ड ग्रहण गर्दै सुवेदीले अवार्डले आफूलाई नेपालमा नवप्रवर्तनात्मक अनुसन्धानलाई निरन्तरता दिन प्रेरणा दिएको बताए । यस अवार्डले व्यक्तिगत प्रमाणीकरण मात्र नभई राष्ट्रको सिमानाभित्र वैज्ञानिक ज्ञानलाई अगाडि बढाउने प्रतिबद्धतालाई समेत नवीकरण गरेको बताए ।

    नेपालमा पनि अध्ययन-अनुसन्धानको संस्कारलाई मलजल गर्न सकियो भने हाम्रा अध्ययनले पनि विश्वमै छाप छोड्न सक्छन् भन्ने प्रमाण उक्त अवार्ड दिएका उनीहरूको भनाई छ ।

    images
    आइतवार, श्रावण २८ २०८००९:१९:१८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल