Oct 28 2026 | २०८३, कार्तिक १२गते

कति वर्षसम्म बच्चालाई दिनु हुँदैन चिया ? १८ महिने शिशुको मृत्युले बढायो चिन्ता

कति वर्षसम्म बच्चालाई दिनु हुँदैन चिया ? १८ महिने शिशुको मृत्युले बढायो चिन्ता

  • 1.6K
    SHARES

  • कति वर्षसम्म बच्चालाई दिनु हुँदैन चिया ? १८ महिने शिशुको मृत्युले बढायो चिन्ता

    नेपालमा चिया पेय पदार्थ मात्रै होइन, संस्कृति नै हो । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तोे बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको चुस्की लिँदा बच्चा पनि उत्सुक हुन्छन् । कहिलेकाहीँ उनीहरूलाई पनि कपमा हालेर चिया दिन्छौँ । तर यसो गरेर हामीले सही गरिरहेका छौँ त ? के चियाको चुस्कीले साना बच्चाको ज्यान जोखिममा पर्न सक्छ ? 

    गत सोमबार भारतको मध्य प्रदेशको एक डेढ वर्षका बालकको मृत्युलाई चियासँग जोडेर हेरिएको छ । त्यसपछि यो प्रश्न धेरैले सोधिरहेका छन् । 

    चिया पिएपछि सास फेर्न समस्या

    भारतको मध्य प्रदेशस्थित देवासमा एक बालकले चिया पिएपछि सास फेर्न समस्या भएको थियो । राज नाम दिइएका ती बालक सिमरोलस्थित मामाघरमा थिए । उनका हजुरबुवाले उनलाई चिया पिउन दिएका थिए । सिमरोल प्रहरी स्टेसनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले ती बालकले चिया पिएपछि सास फेर्न छोडेको जानकारी दिएको छ । 

    सास फेर्न नै बन्द गरे । उनलाई तत्काल इन्दोरस्थित चाचा नेहरु अस्पताल पुर्‍याइयो तर उनको बाटोमा नै निधन भयो । तर के ती बालकको मृत्यु चियाका कारण भयो ? 

    अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रीति माल्पानीले बच्चाको मृत्यु अस्पताल ल्याउनु अघि नै भइसकेकोले कारणबारे आफूले प्रतिक्रिया दिन नसक्ने बताएकी छिन् ।

    टाइम्स अफ इन्डियाले सिके बिरला अस्पताल गुरु ग्राममा न्युट्रिशन एन्ड डायटेक्टिसकी प्रमुख प्राची जैनसँग यसबारे कुरा गरेको छ । उनका अनुसार चियाको पत्तीमा प्राकृतिक रूपमा पाइने तत्त्व अन्य थुप्रै बोटबिरुवामा पनि पाइन्छ । प्राची भन्छिन्, ‘चिया पत्तीमा क्याफिन हुन्छ जसले दिमाग र स्नायु प्रणालीमा हलचल पैदा गर्छ । त्यसैले बच्चालाई चिया दिनु हुँदैन । बच्चा कम्तीमा १२ वर्षको हुञ्जेलसम्म चिया दिनु हुँदैन । ’

    उनका अनुसार चियाका राम्रा–नराम्रा दुवै पक्ष छन् तर पनि १२ वर्षभन्दा कम उमेरका बच्चालाई चिया दिनु हुँदैन । बच्चालाई चिया दिन नहुने कारण यस प्रकारका छन्–

    बच्चालाई चिया दिन नहुने कारण

    १. क्याफिनको प्रत्यक्ष खुराक दिमाग र स्नायु प्रणालीलाई अति सक्रिय पारिदिन्छ जसले बच्चाको निद्राको ढाँचामा गडबडी आउन सक्छ । त्यसैले बिहान उठ्दा बच्चाले धेरै थाकेको महसुस गर्छन् ।

    २. सधैँ क्याफिनको सेवन गर्दा यसको बानी पर्छ । यो छुटाउन निकै मुस्किल हुन्छ ।

    ३. क्याफिन डाययुरेटिक हुन्छ अर्थात् यसले गर्दा धेरै पिसाब लाग्छ । बारम्बार पिसाब लाग्दा बच्चामा डिहाइड्रेसन हुनसक्छ ।

    बच्चालाई दूधसँग के दिने ?

    बच्चालाई दूध पिलाउनुको सङ्घर्ष छुट्टै छ । डा. प्राचीन जैनका अनुसार दूधमा तुलसी, अलैँची, दालचिनी, अदुवा, पाउडर नट्स आदि मिसाएर दिन सकिन्छ । बच्चा अलि ठुला छन् भने दूधमा खजुर र किसमिस पनि मिसाएर दिन सकिन्छ । यद्यपि, बच्चाको मृत्यु चियाका कारण भएको हो कि होइन भनेर पुष्टि भने हुन सकेको छैन तर बच्चालाई १२ वर्षभन्दा अघि चिया नदिएकै राम्रो । 


    images
    शुक्रवार, श्रावण २६ २०८००६:२६:५८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल