Oct 28 2026 | २०८३, कार्तिक १२गते

नर्सका माग सम्बोधनमा सरकारको खोजी

नर्सका माग सम्बोधनमा सरकारको खोजी

  • 205
    SHARES

  • नर्सका माग सम्बोधनमा सरकारको खोजी

    र्सहरूको मुद्दामा सरकार गम्भीर नभएको र नीतिगत तवरबाट समस्या समाधानमा केन्द्रित नभएको भन्दै नर्सहरूले आज सोमबार वीर अस्पताल अगाडी प्रदर्शन गरेका छन् । उनीहरूले नर्समाथि श्रम शोषण हुँदासमेत सरकार मूकदर्शक बनेको भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

    759547128_2189339048290574_7732941346249253129_n



    अनसनरत ज्योति रानाभाटले उठाएका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । आज रानाभाटको अनसनको पाँचौँ दिन हो । त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका नर्सहरूले गुणस्तरीय नर्सिङ शिक्षा कायम हुनुपर्ने, बिरामी सुरक्षाको सुनिश्चितता हुनुपर्ने, सम्मानजनक सेवा सुविधा उपलब्ध हुनुपर्ने लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

     

    760734355_1552606283067450_9172439359774458833_n

     

    यसैबिच नेपाल चिकित्सक सङ्घले अनसनरत रानाभाटको जीवन रक्षाको माग गरेको छ । आज सोमबार विज्ञप्ति जारी गर्दै सङ्घले रानाभाटका जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरेको हो । अहिले रानाभाटको वीर अस्पतालको आइसियुमा उपचार जारी छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रानाभाटको मागका विषयमा वार्तामार्फत समाधान गर्न लागी परिरहेको बताएकी थिइन् । सरकारले नर्सका समस्यालाई दीर्घकालीन हल गर्नुपर्ने कार्यान्वयनसहितको सुनिश्चितताको खोजीमा आन्दोलनरत नर्स छन् ।

    images
    सोमवार, श्रावण १८ २०८३०१:३२:५४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल