Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविका मुख्य १२ क्याम्पसमा भएन स्ववियु निर्वाचन !

त्रिविका मुख्य १२ क्याम्पसमा भएन स्ववियु निर्वाचन !

  • 2.2K
    SHARES

  • त्रिविका मुख्य १२ क्याम्पसमा  भएन स्ववियु निर्वाचन !

     त्रिभुवन विश्वविद्यालय अन्तर्गतका  काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ ।

    त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

    त्यसैगरी उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका ८ वटा आंगिक क्याम्पसहरुमा निर्वाचन हुन नसकेको त्रिवि स्ववियु निर्वाचन समितिका सदस्य सचिव डा. पशुपति अधिकारीले जानकारी दिए ।

    क्याम्पसका विद्यार्थी संगठनहरुबीचको आपसी द्वन्द्वले निर्वाचन कार्यालयमा ताला लगाउने लगायतका कारण स्थगित हुँदै आएका यी क्याम्पसहरुमा अब स्ववियु निर्वाचनको सम्भावना न्यून भएको छ ।

    त्रिवि पनि अब स्ववियु निर्वाचन नगराउने मुडमा छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव डा. अधिकारी अब बाँकी क्याम्पसमा स्ववियु निर्वाचन नहुने बताउँछन् । ‘अब चुनाव अवधि एक दिन बाँकी छ । विद्यार्थी संगठनहरुबीच सहमति हुन सकेको छैन । त्यसैले अब सम्भावना सकियो । अब चुनाव हुँदैन । त्रिविले परीक्षा, भर्ना गर्नुपर्छ । सधैंभर निर्वाचन गराएर मात्रै त हुँदैन ।’

    यता वैशाख ५ गतेदेखि निर्वाचन समितिको म्याद सकिंदै छ । त्रिविले संशोधन गरेर अर्को मिति दिएन भने वैशाख ५ गतेबाट स्ववियु निर्वाचन समिति स्वतः अवैध हुन्छ । निर्वाचन हुन नसकेका क्याम्पस प्रशासनले त्रिविलाई आग्रह गरेको अवस्थामा कार्यकारी परिषदले निर्देशिका अनुसार काम गर्न सकिने सूचना गर्नसक्ने सम्भावना हुन्छ । यदि त्यस्तो भएन भने सोमबार साँझदेखि निर्वाचन समिति अवैध हुन्छ ।

    निर्देशिकाले ‘चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसहरुको हकमा क्याम्पस प्रशासनले अर्को सूचना जारी गरेर ३० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने’ भनेको छ । त्यसैले वैशाख ५ गतेबाट निर्वाचन समिति स्वतः अवैध हुने भएकाले त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृत पिताम्बर पन्तसहित समितिका सबैले चैत ३० गते नै सामूहिक राजीनामा बुझाइसकेका छन् ।

    अनेरास्ववियु भने सोमबार वा मंगलबार बाँकी रहेका क्याम्पसहरुमा निर्वाचनको नयाँ मिति तोकेर कुनै पनि हिसाबमा चुनाव गर्नुपर्ने पक्षमा छ । त्यसका लागि डेलिगेसन जाने र क्याम्पसहरुमा चुनाव रोक्ने पक्षहरुलाई मुद्दा हाल्ने तयारीमा रहेको बताउँछन् अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकाया ।

    एकीकृत समाजवादी निकट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली भने १० गतेको उपनिर्वाचनपछि बाँकी रहेका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेमा आशावादी छन् । उनी भन्छन् ‘विविध कारणले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन । अब १० गतेको उपनिर्वाचन पछि स्ववियु निर्वाचन सम्पन्न गर्ने भनेर छलफल भइरहेको छ ।’

    images
    सोमवार, बैशाख ४ २०८००७:५०:२०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल